४ माघ २०८२, आइतबार
४ माघ २०८२, आइतबार

पाल्पामा आज सिन्दुर जात्रा अर्थात रणउजिरेश्वरी भगवती खटयात्रा मनाईदै

पदम गैरे पाल्पा ।पाल्पाको तानसेनमा मनाइने भगवती जात्रा (सिन्दुर जात्रा अर्थात रणउजिरेश्वरी भगवती खटयात्रा) आज भब्यता का साथ मनाईदै छ । यो एक ऐतिहासिक, सांस्कृतिक र राष्ट्रिय महत्व बोकेको पर्व हो।
नेपाल–अंग्रेज युद्ध (वि.सं. १८७१–७२) मा नेपाली सेनाले जितगढी किल्लामा अंग्रेज फौजलाई पराजित गरेको विजयको सम्झना स्वरूप मनाउने चलन छ ।
तत्कालीन पाल्पा कमाण्डर कर्णेल उजिरसिंह थापाले युद्धमा विजयी भएमा भगवतीको मन्दिर निर्माण गर्ने र हरेक वर्ष विजय उत्सब जात्रा गर्ने भाकल गरेका थिए।जात्रा श्री ७ रणउजिरेश्वरी भगवती मन्दिरबाट सुरु हुन्छ। भगवती देवीप्रति जनमानसमा गहिरो श्रद्धा रहेकोले जात्रामा लाखौं भक्तजन सहभागी हुने गर्दछन।जात्राको अघिल्लो रात पञ्चवली पूजा गरिन्छ।
यसजात्रा लाई सिन्दुर जात्रा पनि भनिन्छ, किनभने रथमा सिन्दुर छर्किने परम्परा छ।
जात्रामा रथयात्रा, सेनाको बढाइँ, परम्परागत नृत्य, र धार्मिक झाँकीहरू प्रदर्शन गरिन्छ।जात्रा तानसेन बजारका प्रमुख स्थानहरूमा घुमाइन्छ: पाल्पा दरबार, भगवती टोल, वसन्तपुर, कैलाशनगर, अशनटोल तगायता ठाँउ हरुमा परिक्रमा गराउने चलन छ।जात्रा हेर्न पाल्पा मात्र होइन, काठमाडौँ, रुपन्देही, गुल्मी, अर्घाखाँची, चितवन लगायतका जिल्लाबाट हजारौं नागरिक र उच्चपदस्थ व्यक्तिहरू सहभागी हुने गर्दछ।यसले धार्मिक पर्यटन प्रवर्द्धन र राष्ट्रिय एकताको सन्देश फैलाउने छ।जात्रा केवल धार्मिक उत्सव मात्र नभई राष्ट्रको गौरव, वीरता, र स्वाधीनताको प्रतीक पनि मानिन्छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै