२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

प्रेमकथा

निम्बतरु                                                                   आज हो जिन्दगी भोलि को कता को कता हुनेछ
खुबै भयो भने गाउँ वरिपरिको सामान्य कथा हुनेछ
हाम्रो कथा सुन्दै विरक्त लाग्ने सामान्य कथा हुनेछ

थियो कोही जस्को नाम पनि याद हुनेछैन
त्यस्तालाई फलना – फलना मात्रै भनिनेछ
बाटो हिड्नेले ढुङ्गा हान्ने ताल जस्तै हुनेछ
हरिजग्ग पारेको देउरालीको बरु पत्ता हुनेछ
यही घाटमा आइ मिल्किनेछ अहिले जो जता हुनेछ

देखेको छु सामान्य खोलामा बर्खे खहरे मिसिएको
त्यही खहरे थिएँ बर्खाको झरीले मात्रै बग्न सकेको
कोही खहरे त खोला नभेट्दै चौरमा बिलाउँछ
बलेनीको पानीले जति दर्केपनि कहिले खोला भेटेको छ
यही गौँडोमा मान्छेको सधैँ यस्तै जत्था हुनेछ
भलै भए गिल्ला निन्दा तिम्रो र मेरो नाममा ठट्टा हुनेछ

देउराली र मसानघाटमा चौबाटो मिसिन्छ जसरी
कुनै बाटो मूलबाटो भएर लाग्छ निरन्तर तिम्रो घरसम्म
कुनै बाटो कुनै अनकन्टार जँगलमा हराउँछ जसरी
त्यसरी हराउँदो रहेछ नामोनिशानसहित कतिपय सम्बन्ध
जस्तो सँगीहरुले ठट्टामा एकअर्काको चुल्ठो बाँध्देका थे
आज पनि सम्झनामा गुराँसको फेदमा ध्वजा बाँधेका थे
आज मसानघाटमा हल्ला छ भोलिबाट चर्चा बेपत्ता हुनेछ
धागो हातैमा छ थाहा छैन चंगाको लठ्ठा कता हुनेछ

उस्तै रहनेछ संसार उस्तै रहनेछन् चरा-धराहरु
अब अरु बोल्न सक्दिनँ हुनसक्दिनँ खडा अरु
आइसके मलामीहरु ल्याएर एकोटा चिर्पटहरु
ल्याइसके अन्तिम संस्कारमा चाहिने सरजमहरु
अबको बसाइँ चिता हुनेछ सम्झना अक्षता हुनेछ
अब न जायजेथा हुनेछ न आनन्द न व्यथा हुनेछ
तिम्रो र मेरो प्रेमको न गीत न कुनै कथा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै