
#निम्बतरु
पहाडमा बादलहरु भेला भए
रुनलाई पो रहेछ एकसाथ
आकाशमा ताराहरु भेला भए
छुट्नलाई पो रहेछ एकरात
खोलाहरु सुसाउन थाले
वनपाखा मुर्छाउन थाले
कराङ्सामा बलेनीहरु भेला भए
रुनलाई पो रहेछ बर्खामास
यी मायाप्रेमहरु यी भेटहरु
लाग्दछ जब बकवास
बाटोहरु बिझाउन थाले
फूलहरु गिज्याउन थाले
आँगनमा निराशाहरु भेला भए
आफै आफै भएर बर्बाद
यी यादहरु यी उच्छावासहरु
लाग्नथाले जब एकलास
दिनहरु बहुलाउन थाले
रातहरु टोलाउन थाले
छातीमा व्यथाहरु भेला भए
हेरिरहे आफ्नै हताहत
यी पलहरु यी भेटहरु
लाग्न थाले जब बेकार

























