सहकारी कर तथा सफ्टवेयर सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

घनश्याम पौडेल अर्घाखाँची । मर्यादित सहकारी : समुन्नत समाज” भन्ने मूल नाराका साथ सहकारी कर, मिरा सफ्टवेयर तथा लेखा परीक्षणसम्बन्धी अभिमुखीकरण तालिम सन्धिखर्कमा सम्पन्न भएको छ। जिल्ला सहकारी संघ, जिल्ला बचत संघ र जिल्ला कृषि संघ अर्घाखाँचीको संयुक्त आयोजनामा सन्धिखर्कमा उक्त तालिम सम्पन्न गरिएको हो।

जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाको तालिम उद्घाटन गर्दै अर्घाखाँचीमा रहेका सहकारीहरू मर्यादित रहेकाे बताउँदै सबै डिजिटल रूपमा प्रविधिमैत्री बनाउन आग्रह गर्नुभयाे ।

सहकारी कर प्रणाली, लेखा परीक्षण तथा नयाँ नियम–कानुनसम्बन्धी परामर्श तालिममा करदाता सेवा कार्यालय सन्धिखर्कका प्रमुख स्वागत थापा र नायब सुब्बा हुमराज पौडेलले सहजीकरण गर्नुभएको थियो। मिरा सफ्टवेयर सम्बन्धी प्रशिक्षण मिरा सफ्टवेयरका कार्यकारी निर्देशक मनोज तिवारीले दिनुभएको थियो। उहाँले सफ्टवेयर जडानसँगै सहकारी संस्था सञ्चालनमा थप टेवा पुग्ने बताउँनुभयाे ।

मिरा सफ्टवेयर काठमाडौं र करदाता सेवा कार्यालय सन्धिखर्कको प्राविधिक सहयोगमा सम्पन्न तालिममा अर्घाखाँची जिल्लाका विभिन्न सहकारी संस्थाबाट करिब ८० जना प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले सहकारी करको प्रणाली, लेखा परीक्षण प्रक्रिया र सफ्टवेयरको प्रभावकारी प्रयोग सम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त गरेको प्रतिक्रिया दिएका छन्।

जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश भुसालकाे अध्यक्षता, जिल्ला बचत तथा ऋण संघ अर्घाखाँचीका अध्यक्ष द्रोणप्रसाद भुसालकाे सञ्चालन र जिल्ला सहकारी संघका उपाध्यक्ष लक्ष्मण कंडेलले स्वागत मन्तव्य राख्नुभएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आफन्त र केही गीत

अण्डाको भाउ फेरि बढ्न थाल्यो : तर अझै पनि लागत मूल्य पाउन नसकेको किसानको गुनासो

कोलकाताबाट पहिलो पटक ‘कार्गो रेल’ विराटनगर आइपुग्यो

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

वाईवाईसहित चार ब्रान्डका चाउचाउ बिक्री-वितरणमा रोक, बजारबाट फिर्ता गर्न आदेश

- Advertisement -spot_img
-Advertisement-spot_img