काठमाण्डौ – आज ५२ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, रौतहट, बारा, पर्सा, दोलखा, रसुवा, नुवाकोट, धादिङ, काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, स्याङ्जा, बाग्लुङ, पर्वत, गुल्मी, प्युठान, अर्घाखाँची, रुपन्देही आसपासका जिल्ला भई बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम छ ।
त्यस्तै दार्चुला, बैतडी, डोटी, अछाम, कञ्चनपुर, कैलाली, डडेलधुरा, बझाङ, बाजुरा, सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, रोल्पा, दाङ, कपिलवस्तु, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, गोरखा, लमजुङ, सोलुखुम्बु, सङ्खुवासभा, रामेछाप, खोटाङ, पाँचथर, इलाम आसपासका जिल्ला भई बहने स–साना नदीको बहाव उल्लेख्य बढ्न गई आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ ।
बाढीको जोखिम रहेका जिल्ला आसपास भएर बहने खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । स्रोत उज्यालो 

























