पाल्पा ट्राफिक कार्यालय द्वारा सुझाव संकलन

पदम गैरे पाल्पा ।पाल्पामा नयाँ ट्राफिक प्रहरी प्रमुख आउनुभएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पामा प्रमुखको रुपमा प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविण आचार्य आउनुभएको हो । सात वर्ष अघि जिल्लाको ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक कार्यालय भवन निर्माण कार्यमा उत्कृष्ट भूमिका निर्वाह गर्नुभएका आचार्य पुनः पाल्पा ट्राफिकको जिम्मेवारी सम्हाल्न आउनुभएको हो ।
आइतबार प्रमुख आचार्यले पाल्पाका पत्रकारसंग जिल्लाको ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका विषयमा सुझाव संकलन गर्नुभएको छ । पाल्पाको भौगोलिक अवस्था, साँघुरा सडक, उकालो ओरालो, तथा बढ्दो सवारी चापबाट उत्पन्न हुनसक्ने समस्याहरुलाई व्यवस्थापन गर्ने समन्वय र सहकार्यको वातावरण तयार गर्नका लागि सुझाव लिइएको प्रमुख आचार्यको भनाइ छ ।
कार्यक्रममा सहभागी पत्रकारहरुले टिपर आतंक रोक्न, ओभरलोड तथा स्पिड नियन्त्रण गर्नुपर्ने, एउटै प्रकृतिका सवारीसाधनमा समान नियमन, बजार क्षेत्रमा दिन अनुसार एकतर्फी पार्किङ व्यवस्था, नियमित सवारी चालक अनुमतिपत्र र मापसेको अनुगमन तथा चेकिङ, विद्यालय र क्याम्पसहरूमा ट्राफिक सचेतना, मिडियामा ट्राफिक नियम र दुर्घटना न्यूनीकरण सम्बन्धी सन्देश प्रवाह, चालक र पैदल यात्रुका लागि प्रशिक्षण, पार्किङ क्षेत्र निर्धारण, भिडहुने क्षेत्रमा सवारीको रुट र समय निर्धारण गर्नुपर्ने सुझाव राखेका थिए । यस्तैगरी बजार क्षेत्रमा साँघुरो सडकमा निर्माण सामग्री राख्ने र ग्यारेज संचालन गर्ने गरेकोले यस विषयको पनि व्यवस्थापन गर्नुपर्नेमा पत्रकारहरुले सझाव राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले पाल्पाको ट्राफिक व्यवस्थापनका सन्र्दभमा प्रमुखले पत्रकारहरु संग सुझाव लिने पहिलो कार्यक्रम भएको बताउनुभयो । उहाँले पछिल्ला ट्राफिक प्रहरी प्रमुखहरुको काम प्रभावकारी रहेको बताउदै पाल्पाली पत्रकारहरुले सधै प्रहरीको गुण र दोषका आधारमा सघाउदै आएको बताउनुभयो ।
प्रमुख आचार्यले प्राप्त सुझावहरुलाई आत्मसाथ गरेर जिल्लाको ट्राफिक व्यवस्थापनमा प्रभावकारी रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कतिपय प्राप्त सुझावहरु कार्यान्वयमा गइसकेको बताउदै सरोकारवालाहरुको समन्वय र सहकार्यमा काम अगाडि बढाउने बताउनुभयो । सीमित जनशक्तिबाट काम गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोले गर्दागदै कहिलेकाही सोचेजस्तो नभएको अवस्थामा सकारात्मक खवरदारी गर्न प्रमुख आचार्यले पत्रकारहरुलाई आग्रह गनुृभयो । उहाँले आफूले जानेर गलत नगर्ने र गर्न पनि नदिने भएकोले केही समस्या भए तत्काल जानकारी गराएर सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img