निम्बतरु
त्यो दिन छैन र पनि
आजसम्म पढाइन्छ त्यो दिनको बयान
त्यो धर्म छैन र पनि
आज सम्म त्यो कालखण्ड पढाइन्छ
बुढापाकाको मुखबाट दर्शाइन्छ
वा के सोच्छन् कुन्नि ती प्रोफेसरहरु
कुन्नि हो कि चाटुकभित्रको चलाखी
के यो धर्मविरुध्दको गम्भीर प्रश्न हो ?
कुनै तार बारम्बार ठोक्यो भने एक खाले संगीत बन्छ
फन्डामेन्टल फ्रिक्वन्सी
बारम्बार तनाव दिइयो संगीतको एउटा खास सुर बन्छ
कतै यो रहस्यमय षड्यन्त्र त होइन
स्कुल गएदेखि कलेजसम्म
त्यही थ्योरी त्यही कोलाजले
दिमागमा कम्पन दिएको छ दिएको छ
बारम्बार
चोक,गल्ली र बजारसम्म
दिमागमा ठोकेपछि
दिमागमा एउटा खास आवृत्तिको ध्वनि उत्पन्न भइसकेको छ
यो होइन कि दमाहा फुट्दैन
निश्चितरूपमा कुनै नयाँ धुन निकालेर फुट्छ
हिर्काइरह्यो भने कि फुट्छ
कि नयाँ सँगीतले झङकृत हुन्छ ।