२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार

निजामती विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर चलखेल भएको बताउनुभएको छ ।

याेङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई आज पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले विधेयकमा चलखेल र व्यवस्थाविरुद्ध गतिविधि गर्ने कुनै पनि प्रवृत्तिलाई छुट दिन नसकिने बताउनुभयो । उहाँले यस विषयमा छानबिन गरी आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

‘सङ्घीय निजामती विधेयकमा षड्यन्त्र भएको छ’, उहाँले भन्नुभयो, ‘यो विधेयकमा कसले बदमासी गर्‍याे, त्यसको छानबिन गरी चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौँ ।’

अध्यक्ष दाहालले संविधान र नागरिकको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको र अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा औँल्याउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै