बुटवल । रुपन्देही–३ मा आगामी कार्तिक १७ गतेको उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही -३ मा सोही दिन उपनिर्वाचन गर्ने निर्णय भएको हो ।राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली रहेकोले निर्वाचन आयोगले निर्वाचन गर्न लागेको हो ।