टेरामक्स खरिद भ्रष्टाचारमा पूर्वमन्त्री बस्नेतसँग २५ लाख धरौटी माग

काठमाण्डौ – नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा भएको भ्रष्टाचार मुद्दामा  पूर्वमन्त्री मोहन बस्नेत २५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

हिजो विशेष अदालतमा उपस्थित भएका बस्नेतलाई अदालतले धरौटी माग गरेको हो । गएको जेठ १ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पदबाट निलम्बनमा परेका बस्नेतसँग तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो कायम गरिएको छ ।

बस्नेतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी गरेको कसूरमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आफन्त र केही गीत

अण्डाको भाउ फेरि बढ्न थाल्यो : तर अझै पनि लागत मूल्य पाउन नसकेको किसानको गुनासो

कोलकाताबाट पहिलो पटक ‘कार्गो रेल’ विराटनगर आइपुग्यो

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

वाईवाईसहित चार ब्रान्डका चाउचाउ बिक्री-वितरणमा रोक, बजारबाट फिर्ता गर्न आदेश

- Advertisement -spot_img
-Advertisement-spot_img