हृदय भुसाल अर्घाखाँची । मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनका धरोहर हुनुहुन्थ्यो । नेपाली माटोमा एउटा महान कम्युनिष्ट योद्धाको जन्म हुनु आफैमा गर्भको बिषय थियो । सिद्धान्तका लागी जीवन होईन,जीवनका लागी सिद्धान्त हुनुपर्छ भन्ने मान्यता राख्नुहुने राष्ट्र र जनताको पक्षमा अविचलित ढंगले उभिने भण्डारी जनताको सर्वप्रिय नेता हुन् । भण्डारीले नेपाली समाजलाई सिर्जनात्मक तथा मौलिक बिचारद्धारा नेतृत्व प्रदान गर्ने सवाल निकै महत्पुर्ण थियो ।
भाषा,आवाजमा समेत जनतालाई प्रभावकारी रुपमा सम्वोधन गर्न सक्ने,नेपाली कम्युनिष्ट आन्दोलनका अथक योद्धा जननेता मदन भण्डारीको आज हाम्रो सामु भौतिक शरिर छैन् । तर पनि उहाँले छोडेका विचार सिद्धान्त अहिलेको समयमा पनि उतिकै महत्वपुर्ण र समय सान्दर्भिक छन् । नेपाली जनता र नेपालको राष्ट्रिय हितको रक्षाका लागी उहाँको बिचार आज पनि उतिकै मार्गदर्शन र सान्दर्भिक छन् ।
शान्तिपुर्ण लोकतान्त्रिक आन्दोलन,स्वस्थ प्रतिस्पर्धाबाट श्रेष्ठता हाशिल गर्दे,निर्वाचन मार्फत बिजय प्राप्त गरी आम जनताका तमाम खालका समस्याहरुलाई सामाधान गरि समाजलार्ई समाजवाद हुदै साम्यवाद सम्म पुग्ने स्पष्ट भिजन सहितका जवजका प्रतिपादक मदन भण्डारीको २००९सालमा ताप्लेजुङ्ख जिल्लामा जन्मनु भएको थियो ।
नेपाल राष्ट्र र नेपाली जनताका लागी जननेता मदन भण्डारीका योगदानहरु निकै दुरगामी महत्वका अतुलनिय छन् । नेपाली राजनितीमा अत्यन्तै ठुलो संभावनाका साथ उदाएका आमुल परिवर्तन चाहानेहरुको एउटा उज्यालो साझा सापना भण्डारी हामी विच हुनुहुन्न ।आफनो जिवनको ४१ बर्षमै अस्ताउनु भयो ।
भण्डारीले नेपाली समाजको ऐतिहासिक बिकासक्रम तथा विशेषता,माक्सवादका आधारभुत सिद्धान्त र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवको गहन समिक्षा एवम अध्ययन गरि नेपाली बिशेषताको जनताको बहुदलिय जनवादको बिचार प्रतिपादन गर्नभयो । मदन भण्डारीले प्रतिपादन गरेको जवजले लोकतन्त्र,सामाजिक न्याए र समानता संग जोड्न,नेपाल र नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्न,सिगोँ देशलाई संघिय लोकतन्त्रको सहि दिशमा अगाडी बढाउन आजको दिनमा पनि मार्गदर्शन गरिरहेको छ ।
बिगतका दशकहरुमा नेपाली समाजमा देखापरेका हिंसात्मक आन्दोलनको शान्तीपुर्ण अवतरण, एकदलिय शासन ब्यवस्थाका पक्षधरहरु समेत सामाजिक न्याए र लोकतान्त्रिक समाजिक ब्यवस्थाका पक्षमा उभिन बाध्य भएको यर्थात परिस्थितीले जवज र लोकतन्त्रको अन्तर सम्वन्ध बलियो भएको थप पुष्टि भएको छ ।
भण्डारीले लोकतन्त्रलाई राजनैतिक अधिकारको संकुचित दायराबाट बाहिर निकारलेर सामाजिक जिवनका समग्र पक्ष एवम मानविय आकांक्षाको समष्टिका रुपमा नयाँ उचाई बाट परिभाषित गर्नु भयो । जनताको जिवन सँग जोडिन र जनतालाई समृद्ध जीवनको प्रत्याभुति गर्न सके मात्र लोकतन्त्रको वास्तविक सार्थकता हुने बिषयमा उहाँको जोड थियो ।
बि.स २०५० साज जेठ ३ गते दासढुङ्खामा दुर्घटनामा परि अकल्पनिय मृत्युवरण गरेका भण्डारीको योगदान र बिचारलाई चिरस्थायी बनाउनका लागी मदन भण्डारी फाउन्डेशन संस्थाको स्थापना गरि देश भर बिभिन्न रचनात्मक कार्यक्रम गरिदै आएको छ ।
सोही सन्दर्भमा २०५५ सालमा केन्द्रमा स्थापना भएको फाउन्डेशन २०८२ जेठ ३१ गते पहिलो पटक अर्घाखाँचीमा मदन भण्डारी फाउन्डेशन जिल्ला समितीको गठन भयो । उक्त समितीको आयोजनामा ७४ औँ मदन जयन्तीको अवसरमा जननेता मदन भण्डारी र लोकतान्त्रिक आन्दोलन बिषयक अन्तरकृया कार्यक्रम अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ ।
नेपाली कम्युनिष्ट आन्दोलनमा मदन भण्डारीको भुमिका,उहाँले प्रतिवादन गरेको बिचार जनताको वहुदलिय जनवाद,र मदन भण्डारी फाउन्डेशनले गर्ने काम र भुमिका बारे फाउन्डेशन अर्घाखाँचीका जिल्ला संयोजक श्रीकृष्ण भुसालले प्रस्तुत गरेका थिए । संयोजक भुसालले कार्यक्रममा प्रस्तुत बिचारहरुलाई समेत फाउन्डेशनले महत्वका साथ दस्तावेजिकरण गरि राख्ने बताएका थिए ।
अन्तरकृया कार्यक्रमका प्रमुख अतिथी एवम नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद्का सदस्य जनार्दन खनालले मदन भण्डारीका बिचार आजको दिनमा पनि उतिकै महत्वपुर्ण भएको भन्दै उहाँको बिचारलाई कम्युनिष्ट पार्टीहरुले ब्यवहारमा लागु गर्नुपर्ने भन्दै उहाँले प्रतिपादन गरेको जवजको बृस्तृत रुपमा ब्याख्या गरेका थिए । नेता खनालले भने,‘भडारी एउटा दार्शनिक चिन्तक हुनुहुन्थ्यो,अप्ठ्यारो परिस्थितिमा पनि सजिलै सामान गर्न सक्ने जनताको प्रिय नेता हुन,झनपोछी झन नेपाली राजनितीमा भण्डारीको बिचार खड्किरहेको छ’।
कार्यक्रमका बिशेष अथिती एवम जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख जिवनारायण कोईरालाले मदन भण्डारीले लोकतान्त्रिक आन्दोलनमा दिएका योगदान वारे आज पनि सवैले प्रसंसा गर्नु नै उहाँ जननेता हो भन्ने पुष्टि हुन्छ भन्दै जवज भनेको निमुखा,भोका,गरिव असाय र न्याए नपाएका जनताको सेवा र पुँजा कम्युनिष्टको मुल मन्त्र हो,हाम्रो लडाई तिनै शोषकका बिरुद्ध हो संक्षिप्तमा यसलाई यसरी बुझ्न सकिने बताए । प्रमुख कोईरालाले मदन भण्डारीले कम्युनिष्ट आन्दोलनलाई एकिकृत गरी अगाडी बढाएको भन्दै आन्दोलनलाई टुटफुटले क्षति पुगेको समेत बताए ।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले आजको समयमा पनि जननेता मदन भण्डारीको बिचार संगैँ उहाँले वोलेका आवाज उतिकै बुलन्द छन्,सान्दर्भिक भएको चर्चा गर्दे नगर प्रमुख श्रेष्ठले उहाँको बिचारले आज एमाले पार्टीलाई यहाँ सम्म ल्याएको छ मदन भण्डारीको बिचारले सवैलाई प्रेरित गरेको बताए ।
अन्तरकृया कार्यक्रममा नेपाली काँग्रसका जिल्ला सभापति केशव श्रेष्ठ,नेकपा माओवादी केन्द«का प्रदेश कमिटी सचिवालय सदस्य ठाकुर सौराग,नेकपा (एकिकृत समाजवादी) जिल्ला अध्यक्ष राम बहादुर चौहान, राष्ट्रिय जनमोर्चाका जिल्ला समिती कोषाध्यक्ष गोबिन्द केसी,क्रान्तिकारी कम्युनिष्ट पार्टीका सल्लाहकार वुद्धि गैरे,पाणिनी बहुमुखी क्याम्पसका प्रमुख वुद्धिराम भुसाल,प्रगतिशिल लेखक संघ अर्घाखाँचीका अध्यक्ष ज्ञान ब क्षेत्री,कानुन ब्यवसायि बुद्धिजिवी जगनाथ भुसाल,पत्रकार महासंघका अध्यक्ष गणेश खनाल,निवृत्त राष्ट्रसेवक संघ अर्घाखाँचीका अध्यक्ष कमल घिमिरे,चेम्वर अफ कर्मशका अध्यक्ष अशोक श्रेष्ठ लगायतले महत्वपुर्ण बिचार ब्यतm गरेका थिए ।
कार्यक्रममा अर्घाखाँची जिल्लाको कम्युनिष्ट संगठन निमार्ण र बिस्तारमा अतुलनिय योगदान गरेका जेष्ठ कम्युनिष्ट वर्रे संघर्षका योद्धा द्धय,नेत्र ढुगांना,लिलामणि ढुंगाना र अनेरास्ववियुको केन्दि«य सदस्यमा नवनिर्वाचित केन्दि«य सदस्य,गतिशिल उर्जाशिल,जनजाती समुदायका बिराज मुखियालाई दोसल्ला ओढाई सम्मान गरिएको एमाले युवा नेता फाउन्डेशनका संरक्षक प्रेमनारायण गैरेले बताए ।
कार्यक्रम फाउन्डेशनका जिल्ला संयोजक श्रीकृष्ण भुसालको अध्यक्षता,मेनुका पौडेलको स्वागत मन्तब्य बिष्णु मिश्रको संचालनमा सम्पन्न भएको थियो ।
मदन भण्डारको भौतिक शरिर आज हाम्रो बिचमा नरहे पनि उहाँले नेपाल र नेपाली समाजलाई सहि बिचार र सिद्धान्त छोडेर जानुभएको छ । सुदृढ लोकतन्त्र संगै समाजवाद निमार्णको आगामी यात्रा पनि जवजले नै मार्गदर्शन गर्नेछ । फेरी एकपटक मदन भण्डारीप्रति भावपुर्ण श्रद्धाज्जली!!!
मदन भण्डारी र लोकतान्त्रिक आन्दोलन विषयक अन्तरकृया’

तपाईको प्रतिक्रिया