विदेशमा रहेका नेपालीको लागि दुईवटा मोबाईल एप सञ्चालनमा

काठमाण्डौ – विदेशमा काम गर्ने नेपालीहरूको विवरण सङ्कलन, व्यवस्थापन र सुरक्षाका लागि दुई फरक मोबाइल एप सञ्चालनमा ल्याइएको छ । ‘श्रम संसार एप’ र ‘हामी मोबाइल एप’ नामक एपहरू हिजो छुट्टाछुट्टै कार्यक्रममार्फत सार्वजनिक गरिएका हुन् ।

‘श्रम संसार एप’ परराष्ट्र मन्त्रालयबाट सञ्चालनमा ल्याइएको हो । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले एपको संयुक्त रूपमा शुभारम्भ गर्नुभयो । यस एपमार्फत विदेशमा रहेका नेपालीले आफ्नो विवरण दर्ता गर्न सक्छन् ।

यसले कुन देशमा कति नेपाली छन् र उनीहरूको अवस्था कस्तो छ भन्ने जानकारी प्राप्त गर्न मद्दत गर्नेछ । यस्तो विवरणले विदेशमा रहेका नेपालीलाई आवश्यक कन्सुलर सेवा दिन, समस्या परेमा तुरुन्तै उद्धार र समन्वय गर्न सरकारलाई सहज बनाउनेछ ।

परराष्ट्र मन्त्री राणाका अनुसार, सूचना नहुँदा गएका वर्षहरुमा धेरै नेपाली ठगिएका, समस्यामा परेका र गुनासा मन्त्रालयमा आउने गरेका थिए । अब एपको प्रयोगले यस्ता समस्या हट्न सहयोग पुग्नेछ । यस्तै कोरिया सरकारले वैदेशिक रोजगारीमा जान चाहने नेपालीहरूलाई आवश्यक सूचना सजिलै दिन ‘हामी मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । यो एप कोरिया सरकारको आर्थिक सहयोगमा तयार पारिएको हो ।

नेपाल सरकारको श्रम मन्त्रालयसँगको सहकार्यमा यो एप सञ्चालन हुनेछ । श्रममन्त्री शरतसिंह भण्डारीले एप सार्वजनिक गर्दै सरकारले श्रम बजारमा डिजिटल प्रविधिको प्रयोगबाट पारदर्शिता र नीतिगत सुधार गर्न चाहेको बताउनुभयो । ‘हामी मोबाइल एप’ नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रयोग गर्न सकिनेछ । एपमा सीप विकास, वित्तीय योजना, मानसिक स्वास्थ्यसम्बन्धी जानकारी तथा स्रोतहरू राखिएको छ ।

कोरियन दूतावासका अनुसार, कोरियामा रोजगारका लागि जानुअघि, त्यहाँ कार्यरत रहँदा र फर्किएपछि समेत यो एपले नेपाली श्रमिकलाई सहयोग पुर्‍याउनेछ । साथै, उद्यमशीलता प्रवर्द्धन र वैदेशिक रोजगारलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य राखिएको छ । स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img