हृदय भुसाल अर्घाखाँची नेपाल चेतना केन्द्र सन्धिखर्क अर्घाखाँची को आयोजना तथा टेवा नेपाल धापाखोला ललितपुरको सहयोगमा शितगगा नगरपालिका वडा नम्बर १४ सिपबिकास तथा स्वरोजगारमुलक तालिम सम्पन्न भएको छ । स्थानीय महिलाहरूलाई निर्णायक महिलाको अर्थपुर्ण सहभागिताको लागि क्षमता अभिवृद्धि तथा आर्थिक सशक्तीकरण कार्यक्रम अन्तर्गत प्लास्टिक तथा कागज बाट सजावटका सामाग्रीहरु निर्माण सात दिने हस्तकला तालीम निकै भब्यताका साथ सम्पन्न भएको स्थानिय सहभागीहरुले बताएका छन् । तालीम समापन कार्यक्रममा शितगगा नगरपालिका का नगर प्रमुख छबिलाल पौडेलले तालीमले स्वरोजगार र आर्थिक बिकासमा सहयोग पुराउने भन्दै यस्ता सिपमुलक तालीममा नगरको विशेष सहयोग रहने बताउनु भयो । उक्त तालीममा ३० जना महिलाहरुको सहभागीता भएको र तालीमले महिलाहरुलाई निकै उर्जा थपेको सस्थाका सस्थापक अध्यक्ष निर्मला क्षेत्रीले बताउनु भयो । निबर्तमान लुम्बिनी प्रदेश सभा सदस्य समेत रहनु भएकि निर्मला क्षेत्रीले तालीममा सिकेको सिप ब्यबहारमा लागु गरे आत्मनिर्भर बन्न सकिने भन्दै काम गरे आफ्नो जतिबेला पनि साथ सहयोग रहने बताउनु भयो ।
![]()
![]()
चेतना केन्द्रको आयोजनामा सिपमुलक तालिम सम्पन्न

तपाईको प्रतिक्रिया