२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार

बिरामीको विश्वास जित्दै:डाक्टर अशोक शाह

हृदय भुसाल अर्घाखाँची । मानिसका लागी स्वास्थ्य जिवनको महत्वपुर्ण सवाल हो । मानिसले जुनसुकै कुरामा सम्झौता गर्ला तर आफ्नो स्वास्थ्य र रोग संग कहिल्यै सम्झौता गर्दैन् ।किनकि उसलाई सवै भन्दा चिन्ता लाग्ने आफनो स्वास्थ्य हो । प्राय सवै मानिसहरुले भरपर्दो डाक्टर र बिश्वाशिलो अस्पतालको खोजी गर्दछन् । आम नागरिकहरु नै स्वास्थ्यको गुणस्तरियताको खोजीमा लागेका हुन्छन् । त्यसै मध्येका अर्घाखाँची जिल्लालाई आफ्नो कार्यक्षेत्र वनाएका डाक्टर हुन अशोक शाह । डाक्टर अशोक निकै सफल,असल,अनुभवी र सहज डाक्टर  भएको अर्घाखाँचीका धेरै नागरिकहरुले बताउन थालेका छन् ।
२०४७ साल चैत्र ७ गते सप्तरी जिल्लामा जन्मनु भएका अशोक शाह सानैदेखी लगनशिल,अनुसासित,श्रृजनशिल,र पढाईमा राम्रो उत्कृष्ट मध्येका बिधार्थी हुनुहुन्थो । स्थानिय गाउँको केशव स्मारक मावि टिकुलिया बाट माध्यमिक तहको शिक्षा २०६३ सालमा उर्तिण गरि काठमाण्डौको पिनाकल कलेजबाट साईन्स बिषयमा कक्षा १२ उर्तिण गरी वगंलादेशबाट (ःद्यद्यक्) गरि उहाँ सानै उमेरमै डाक्टर बन्नुभयो ।
२०७९ सालमा (mbbs) पास संगै अर्घाखाँची अस्पतालमा सेवाका लागी आउनु भएको डाक्टर अशोक छोटो समयमै बिरामीको बिचमा बिश्वास जित्ने एउटा सफल एमडिजिपी डाक्टर हुनु भएको छ ।
३५ बर्ष उमेरका युवा डाक्टर बिरामी निकै मिठो वोल्छन्,बिरामी संग धेरै बेर कुरा गर्दछन्,खास समस्या र बिरामीको अवस्था वारे मसिनो गरि घोत्लियर सोँधपुछ गर्दछन्,आफुलाई बिश्वास नलागे सम्म समयको कुनै प्रभाव नगरी लामो कुराकानी र छलफल गर्दछन् ।
उपचारका लागी उनका अगाडी विरामी वस्ना साथ बिरामीहरुलाई आफ्नो पन झल्कने कारण धेरै बिरामीहरुको मन जित्न सफल भएका छन् डक्टर अशोक शाह ।
उनको स्वभाव र गुणका कारण अर्घाखाँची अस्पतालमा रहदाँ पनि रोजाई भित्रमा पर्ने डाक्टर अहिले जिल्ला अस्पताल छोडी सन्धिखर्क पोलिक्लिनिकमा सेवा प्रवाह गरिरहदा पनि उनै डाक्टरलाई बिरामीले उतिकै खोजी गरिरहेका छन् ।
उनी संग सेवा लियर फर्किएका बिरामीहरु भन्छन् ‘हामीहरुलाई उहाँले गरेको उपचार बाट पुर्ण रुपमा सन्तुष्ट छौँ, भुमिकास्थान घर बताउने एक जना महिला मघु केसी भन्छिन्‘म लामो समयदेखी बिरामी थिए धेरै औषधी खाए धेरै ठाउँ गए ठिक भएन् तर डाक्टर अशोकलाई चेक गरेपछि मलाई अहिले सन्चो भयो’ ।
उनी अहिले क्लनिकमा बिरामीको उपचारमा बिहानदेखी साझ सम्म ब्यस्त नै देखिन्छ उनलाई भेटन् र सल्लाह गर्न आउनेको प्राय लाईन नै देखिन्छ ।उनको आफ्नै खालको स्वाभाव छ । वोलीमा आफ्नोपन छ । जहाँ काम गरिन्छ त्यहाँ जिम्मेवारी पुर्वक काम गर्नुपर्छ भन्ने मान्यता वोकेका सधै बिरामी प्रति उतरदायी र जवाफदेही हुने जतिवेला पनि सेवा दिन तत्पर हुने सहज डाक्टर हुन् ।
स्वास्थ्यसेवा प्रवाहका लागी जतिवेला पनि हस्पिटल,क्लिनिक जहाँ भए पनि तयार नै भएको देखिन्छ । सेवा प्रवाह गरिरहदा कहिँ समस्या देखिए आफ्नो टिम संग समेत आवश्यक सल्लाह गरि उपचार प्रकृयालाई अगाडी बढाउछन् ।गरिव दुखी असाय हरु देखी पहुँचवालाहरु सवैलाई उनले एकैनासको ब्यवहार गर्दछन् ।
जिवनमा छात्रवृति वाट अध्ययन गर्दा सोही अनुसारको मेहनतले डाक्टर हुदाँ खुसी लागेको भन्दै डाक्टर अशोकले आफ्नो कर्मबाट कहिल्यै पछाडी नहट्नु सवै बिरामीहरुलाई आफ्नो परिवारको सदस्य सरह मानी उपचार र सल्लाह दिनुपर्ने मान्यता राख्नुहुन्छ ।
आफ्नो जिवनको प्रेरणादायी ब्यतmीत्व कृष्ण प्रसाद पंडित र सम्झना आईरहने बिरामी टपेन्द« हुन डाक्टर अशोकले भने,‘ म बिरामीको सेवक हु,सधैँ सेवा गर्न पाईरहु,उपचारका क्रममा कहिलेकाँही विरामीलाई जटिल समस्या आउन सक्छ यहाँका प्रविधीले उपचार सम्भव नहुन सक्छ,तरपनि म कुनै पनि विरामीलाई उपचारका लागी जिल्ला भित्र सम्भव भएन भने वाहिर पठाईसकेको सवालमा पनि अनेक तवरले सहयोग गरेको छु,गर्छु र गर्नपर्छ यो मेरो मान्यता हो’।
बिरामीका लागी अस्पताल मन्दिर हो,डाक्टर भगवान हुन,सोही मान्यता अनुसार सवै डाक्टर र स्वास्थ्यकर्मिले बिरामीको सेवामा सर्मर्पित हुन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (75%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (25%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै