२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार

मदन जयन्तीको अवसरमा अन्तरक्रिया कार्यक्रम हुने

हृदय भुसाल अर्घाखाँची ।मदन भण्डारी फाउन्डेसन, अर्घाखाँचीले ७४ औं मदन जयन्तीको अवसरमा विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

“जननेता मदन भण्डारी र नेपालको लोकतान्त्रिक आन्दोलन” विषयक अन्तरक्रिया कार्यक्रम यही असार १४ गते शनिबार हुने फाउन्डेसनका जिल्ला संयोजक श्रीकृष्ण भुसालले जानकारी दिनुभएको छ ।

भुसालका अनुसार कार्यक्रम सन्धिखर्कस्थित होटल साथीमा आयोजना गरिने छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, बुद्धिजीवी, नागरिक समाजका अगुवा,पत्रकार  तथा स्थानीयवासीहरुको समेत उल्लेख्य उपस्थिति रहने आयोजकले जानकारी दिएका छन् ।

जननेता मदन भण्डारीको योगदान र नेपालको लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक महत्वबारे गहन छलफल गरिने संयोजक भुसालले बताएका छन् ।

नेपाली राजनीति वृतमा उच्च राजनीति कद भएका स्वर्गीय  मदन भण्डारीको स्मृतिमा प्रत्येक वर्ष नेपालभर विभिन्न कार्यक्रम हुँदै आएका छन् । जनताको बहुदलीय जनवाद जस्तो सिद्धान्तको प्रतिपादन गरेका भन्डारी तत्कालीन बेला निकै चर्चामा हुनुहुन्थ्यो । उक्त सिद्धान्त यति लामो समय हुँदा पनि उतिकै सादर्भिक छ । मदन भण्डारी फाउन्डेसनले विभिन्न खालका रचनात्मक कार्य गर्ने भन्दै निरन्तर रुप यस्ता खालका कार्यक्रम हरु अगाडी बढाउने फाउन्डेसनका संरक्षक एबम एमाले नेता प्रेम नारायण गैरेले बताउनु भयो । केहि समय अगाडी जिल्लाका बामपन्थी बुद्धिजिबिहरुको भेलाबाट  गठन भएको फाउन्डेसन छोटो समयमै कृयाशिल देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै