मदन जयन्तीको अवसरमा अन्तरक्रिया कार्यक्रम हुने

हृदय भुसाल अर्घाखाँची ।मदन भण्डारी फाउन्डेसन, अर्घाखाँचीले ७४ औं मदन जयन्तीको अवसरमा विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

“जननेता मदन भण्डारी र नेपालको लोकतान्त्रिक आन्दोलन” विषयक अन्तरक्रिया कार्यक्रम यही असार १४ गते शनिबार हुने फाउन्डेसनका जिल्ला संयोजक श्रीकृष्ण भुसालले जानकारी दिनुभएको छ ।

भुसालका अनुसार कार्यक्रम सन्धिखर्कस्थित होटल साथीमा आयोजना गरिने छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, बुद्धिजीवी, नागरिक समाजका अगुवा,पत्रकार  तथा स्थानीयवासीहरुको समेत उल्लेख्य उपस्थिति रहने आयोजकले जानकारी दिएका छन् ।

जननेता मदन भण्डारीको योगदान र नेपालको लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक महत्वबारे गहन छलफल गरिने संयोजक भुसालले बताएका छन् ।

नेपाली राजनीति वृतमा उच्च राजनीति कद भएका स्वर्गीय  मदन भण्डारीको स्मृतिमा प्रत्येक वर्ष नेपालभर विभिन्न कार्यक्रम हुँदै आएका छन् । जनताको बहुदलीय जनवाद जस्तो सिद्धान्तको प्रतिपादन गरेका भन्डारी तत्कालीन बेला निकै चर्चामा हुनुहुन्थ्यो । उक्त सिद्धान्त यति लामो समय हुँदा पनि उतिकै सादर्भिक छ । मदन भण्डारी फाउन्डेसनले विभिन्न खालका रचनात्मक कार्य गर्ने भन्दै निरन्तर रुप यस्ता खालका कार्यक्रम हरु अगाडी बढाउने फाउन्डेसनका संरक्षक एबम एमाले नेता प्रेम नारायण गैरेले बताउनु भयो । केहि समय अगाडी जिल्लाका बामपन्थी बुद्धिजिबिहरुको भेलाबाट  गठन भएको फाउन्डेसन छोटो समयमै कृयाशिल देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

- Advertisement -spot_img
-Advertisement-spot_img