#निम्बतरु
बा`ले मलाई उल्झन फाल्देका थे
उल्झन सुल्झाउन सकेको भए
म आज यहाँ
शहरको कुनै गल्लीको पोलमा उल्झेका
जेलिएका बटारिएका ऐजेरु झैं
भद्रगोल इन्टरनेटका तारले झैं बेरिएर रहने थिएन
आमाले जन्मनासाथ
गहिरो कुवामा धकेलिकी थिइन जस्तो
पौडेर तैरिन सकेको भए
यो हालतमा छिद्रबाट
कुवाको पानीसँगै चुहिनुपर्दैन थियोे
पौडिरहनुपर्थेन ।
म आफैपनि जान्ने बनेर
जथाभावी नहिँडेको भए
यो हालतमा
सडक सडक गल्ली गल्ली
अनियमित अनियन्त्रित भएर
भौंतारिदै हिड्नु पर्थेन ।
जब सम्म मुटुबाट जिग्ज्याग तरंगहरु पैदा हुन्छन्
जबसम्म करेन्टहरु रोमरोमसम्म फैलिन्छ
तबसम्म रहन्छ
जिन्दगीको उत्सव बिना पनि टुक् टुक् टुक् टुक्