२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार

राजमो नेता तथा भूमिकास्थान-२ का वडाध्यक्ष बुद्धि बहादुर थापालाई पत्नीशोक

गोपाल भट्टराई अर्घाखाँची ।राष्ट्रिय जनमोर्चाका नेता तथा भूमिकास्थान-२ का वडाध्यक्ष बुद्धि बहादुर थापालाई पत्नीशोक परेको छ । नेता थापाको जीवनसंगिनी तथा राजमो कृयाशिल सदस्य कमरेड पुना थापाको सोमबार ६२ बर्षको उमेरमा निधन भएको हो । अस्वस्थ भै भैरहवा मेडिकल कलेजमा उपचाररत पुनाको सोमबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय पुनालाई राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले पार्टी कार्यालयमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएको छ । राजमो नेता शेर बहादुर वि.सी.ले पार्टीको झण्डा ओढाएर सम्मान सहित श्रद्धाञ्जली दिनुभएको हो । राजमो अर्घाखाँचीका नेता/ कार्यकर्ता र शुभचिन्तकहरुको उल्लेख्य सहभागीतामा सम्पन्न शोकसभामा बोल्दै राजमो जिल्ला अध्यक्ष थम्मन के.सी.ले कमरेड पुनाको निधनले कम्युनिस्ट आन्दोलनलाई ठुलो क्षति पुगेको बताउनुभएको छ । वडाध्यक्ष बुद्धि थापाको श्रीमतीको निधन भएपछि मङ्गलबारको लागि तय भएको भूमिकास्थान नगरपालिकाको १७ औं नगरसभा (बजेट तथा कार्यक्रम) सार्वजनिक गर्ने बैठक समेत बुधबारको लागि सरेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै