हृदय भुसाल अर्घाखाँची । ३६ औं जन्मदिनको अबसरमा सन्धिखर्क नगरपालिका १ हटारी निवासी सामाजिक तथा शैक्षिक ब्यक्तित्व अमृत भट्टराईद्वारा अर्घाखाँची अस्पतालका ४० जना बिरामीलाई फलफुल वितरण गर्नु भएको छ । भुमिकास्थान १० धन्चौरमा बुबा तारापती भट्टराई र आमा सुशीला भट्टराईको कोखबाट बीस २०४६ सालमा जन्मिनु भएका भट्टराईको परिवार सामाजिक परिवारका रुपमा स्थापित भए एक उदाहरणिय परिवार हो । जनजागृति मा.बि धन्चौर बाट मा.बी तहको शिक्षा र जनमैत्री क्याम्पस काठमाडौ बाट ब्यबस्थापन बिसयमा स्नातक तह उतिर्ण गर्नु भएका भट्टराई सानै देखी लगनशिल,अनुसाशित शृजनशिल विद्यार्थी हुनुहुन्थ्यो । सामाजिक काममा रुचि देखाउने दिनदुखीलाई समेत सहयोग गर्न सधैं तत्पर हुने भट्टराई सकारात्मक सोच भएका एक गतिशील र उर्जाशिल ब्यक्तित्व हुनुहुन्छ । केहि बर्षदेखि मदरल्याड बोर्डिङ सन्धिखर्कमा अध्यापन गराउदै आउनु भएको छ । जन्मदिनको अबसरमा फजुल खर्च गर्न भन्दा बिरामीलाई फुलफुल बाड्दा समाज बिरामी र सबैलाई सकारात्मक सन्देश जाने हुँदा यसरी फलफुल वितरण गरिएको अमृत भट्टराईले बताउनु भयो । फुलफुल वितरण कार्यक्रम जिल्ला हस्पिटलका प्रमुख डाक्टर जगन्नाथ तिवारीको उपस्थितिमा गरिएको थियो । युबा पुस्ताले यसरी सामाजिक र रचनात्मक कार्य गर्दा सबैतिर सकारात्मक सन्देश जाने भन्दै तिवारीले यस्ता रचनात्मक कार्यले हस्पिटल परिवारलाई समेत काम गर्न उत्साहित बनाउने बताउनु भयो । फलफुल वितरण कार्यक्रममा बुवा तारापति भट्टराई आमा सुशीला भट्टराई श्रीमती किरण भट्टराई स्वास्थ्यकर्मी अशोक चौहान,पत्रकार हृदय भुसाल लगायतका सामाजिक ब्यक्तित्व तथा स्वास्थ्यकर्मीहरु उपस्थिती रहेको थियो । जन्मदिनको अबसरमा फलफुल वितरण कार्य गर्दा मालारानी ५ बागिका अमृता चौहान निकै भाबुक हुनुभयो । त्यस संगै अमृत भट्टराईले सानो आर्थिक सहयोग समेत गर्नुभएको थियो । बिरामी चौहानले यस्तो सामाजिक कार्यले आफुहरुलाई निकै उत्साहित बनाएको बताउनु भयो । जन्मदिनको अबसरमा अमृत भट्टराईले परिवार बहिनीहरु तुल्सा सगिता छोरिहरु आयका र आईस्सीलाई पनि सम्झेको र परिवारको राम्रो प्रेरणा मिलेको बताउनु ।
जन्मदिनको अबसरमा सामाजिक तथा शैक्षिक ब्यक्तित्व अमृत भट्टराईद्वारा हस्पिटलका बिरामीलाई फलफुल वितरण

तपाईको प्रतिक्रिया