निम्बतरु ती तिनै माध्यम हुन्
संचार,सरदार र माफिया
जसले बिश्वलाई यस्तो तस्विर देखाए
जहाँ सधैं रुग्न र फोहरी शरीर भएका केटाकेटी,
नाङ्गै भुतुङ्गै देखिने गरिब मानिसहरु,
भोकमरी ग्रस्त मगन्तेहरु,
एक छाक खानका लागि भोक बोकेका बालबालिकाहरु,
खडेरिग्रस्त सुक्खा र फुस्रा पाखाहरु मात्र छन्
हर कोहि सामान्य मान्छेले
नेपाल भन्ना साथ
हाम्रो दिमागमा आउने तस्विर यहि नै होला सायद।
सँधै त्यही तस्विरहरु :
झिंगाले घेरिएका बच्चाहरु,
खडेरिग्रस्त जमिन, भोकमरी, मृत्यू
अझ लज्जित हुदैनन् दलालहरु
त्यस्तो तस्वीर बेचेर
सधैं कुरुप देखायौ।
हरेक समय उहीँ र उस्तै कथा सुनायौ, देखायौ।
तिम्रो शब्दकोषमा कुनै आशा छैन,
कुनै बिकास छैन, कुनै प्रगती छैन, कुनै बिद्रोह छैन,
कुनै नैतिकता छैन र गर्वको ईतिहास छैन
न त कुनै बिजयको ईतिहास नै ।
सधैं देखायौ बीभत्स
के तिमीहरुका छातीमा
के सुन्दर फूलका सुगन्ध छैनन्
के नेपालीहरुसँग अरु
रहर,उत्साह र सपनाहरु छैनन्
सधैं धङधङ धङधङ
ऐजो ऐजो सधैं सधैं ।