क्षयरोग जोखिम समूहमा खोज–पड्ताल सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

टेेकराज भुसाल,अर्घाखाँची। भूमिकास्थान नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भूमिकास्थान–१, राजिमेमा क्षयरोगकाे जोखिम समूहमा सक्रिय क्षयरोगकाे खोज–पड्तालसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
“Dots विधिबाट औषधी खुवाऔं, क्षयरोग निको गराऔं” भन्ने नारासहित आयोजित उक्त कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्र भूमिकास्थान–२ का इन्चार्ज श्याम चुदालीले क्षयरोग के हो? यसले कसरी आक्रमण गर्छ? यसकाे राेकथामकाे उपाय? यसको इतिहास लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो।

ढाकावाङ्ग स्वास्थ्य चौकी प्रमुख रन्जिता रायमाझी र लिसा बिकले सहजीकरण गर्नुभएको कार्यक्रममा भूमिकास्थान–१ का वडा अध्यक्ष गोपाल प्रसाद खनाल, वडा सदस्य चमकली सार्की, भूमिकास्थान युवा सञ्जालका संयोजक तथा पत्रकार टेकराज भुसाल, स्थानीय टोल विकास समितिका प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीयको उपस्थिति रहेको थियो।
स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यस कार्यक्रम मार्फत समुदायमा क्षयरोगको पहिचान, रोकथाम र उपचारको विषयमा महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो भने भाेली समुदायबाट खकार संकलन गरि खकार जाँच समेत गरिने ढाकावाङ्ग स्वास्थ्य चाैकी प्रमुख रायमाझीले जानकारी दिनुभएको छ ।

सहभागीहरूले कार्यक्रम निकै उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै