२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार

भारतको उत्तराखण्ड केदारनाथ धाममा हेलिकप्टर दुर्घटना

भारतको उत्तराखण्ड केदारनाथ धाममा आज बिहान एउटा हेलिकप्टर दुर्घटना भएको छ । केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्रु रहेको हेलिकोप्टर बिहान साढे ५ बजे सम्पर्कविहीन भएको थियो ।

हेलिकप्टरका पाइलटसहित छ जना रहेको प्रारम्भिक विवरण छ । उनीहरुको ज्यान गएको भनिए पनि थप विवरणसहित पुष्टि हुन बाँकी छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीका अनुसार दुर्घटनास्थल गौरीकुण्डमा खोज तथा उद्धार टोली परिचालन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मौसम खराब हुँदा हेलिकप्टर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

यसअघि गएको बिहीबार भारतको अहमदावाद शहरको आवासीय क्षेत्रमा लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान दुर्घटना भएको थियो । विमानमा चालक दलका सदस्यसहित दुई सय ४१ जनाले ज्यान गुमाएका थिए ।स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै