निम्बतरु
केही महत्वपूर्ण मान्छेको नाम उल्टो लेख्दा के होला?
जस्तै निम्बतरुको उल्टो बिषतरु
नामको विपरीत अर्थमा भन्यो भने के होला ?
जस्तै अकल्याणतरु
यो हो आफ्नै नामप्रतिको गम्भीर दुर्व्यवहार !
हिरा पनि दिनदिनै मसार्यो भने
धुम्मिन सक्छ
त्यो जतिसुकै कठोर होस्
वा बहुमूल्य भएपनि/ चम्किलो भएपनि
दुर्व्यवहार गर्यो भने
चमक नष्ट हुनसक्छ
कुनै पनि कीमती कुरा
जस्तै मानिसको इज्जत, प्रेम, सम्बन्ध आदि पनि
बारम्बार अनावश्यक प्रयोग वा उपेक्षा गर्दा
त्यो कमजोर हुन सक्छ ।
दिनभरि बारम्बार पानी राख्यो भने
जरा कुहिन सक्छ गमलाको फूलको
अति मायाले स्वतन्त्रता पनि खोस्न सक्छ
जस्तो ओझेलमा बाँच्न रुचाउने बिरुवाले
शितलता र छाया खोज्दा
आफै जरामा हराइजान्छन्
माथि माथि फुल्नलाई अर्काको काख रोज्दा
सुनगाभा रुख ओइलाउँदा आफै ओइलाउँछ
फूल -जस्लाई खुल्ला आकाश चाहिन्छ
छायाको खोजमा सुनगाभा
काख चढेर पनि चन्द्रमा देख्दैन ।