हृदय भुसाल अर्घाखाँची ।सुशासन र जबाफदेहिता नगरपालिकाको पहिलो शर्त भएको भुमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जग्दिशचन्द्र नेपालीले बताउनु भयो । सेबाग्राहीको माग र आबश्यकताका आधारमा आफुहरु अगाडी बढेको भन्दै नगरले प्रबाह गर्ने सेबा सरल,सहज,छिटो,छरितो गर्न नगरपालिकाको टिम नै प्रतिबद्ध रहेको बताउनु भयो । सेबाग्राही प्रति पालिका र कर्मचारीको टिम सधैं जबाफदेहि रहेकोले पालिकाको कार्य सम्पादन प्रति समग्रमा कम गुनासो आएको तर केहि गुनासो,सल्लाह,सुझाव,जिज्ञासा र प्रश्न भए जतिबेला पनि उठान गर्न पालिका बासिलाई हार्दिक अनुरोध गर्दछु कार्यालय प्रमुख जग्दिशचन्द्रले भन्नु भयो । सेबाग्राही र जनताका समस्या सुनुवाइ गरि सकेसम्म सामाधान गर्न आफुहरु जिम्मेवार र जबाफदेहि भएको प्रप्रअ नेपालीको भनाई रहेको छ । सुशासन र जबाफदेहिता बिना समृद्व पालिका बन्न नसक्ने भन्दै त्यसका लागी सबै पक्ष उतिकै जिम्मेवार बन्नुपर्ने उहाँले बताउनु भयो । करिब १ बर्ष अगाडी भुमिकास्थान नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा रहनु भएका जग्दिशचन्द्र निकै सरल,सहज र सेबाग्राहीमैत्री असल रास्ट्सेबक कर्मचारी भएको सेबाग्राही हरुले बताएका छन् । अध्ययनशिल,लगनशिल उर्जाशिल र गतिशील युबा कार्यालयले प्रमुख जग्दिशचन्द्रले सबैको भावनालाई सहजै बुझ्ने कार्यालय प्रमुख भएको सरोकारवालाहरुको भनाई रहेको छ । जनताको सेबा गर्न आफू कार्यालय समय भन्दा बाहिरको समयमा पनि सम्भब भए सम्म दिन तयार भएको प्रमुख प्रशासकिय अधिकृत जग्दिशचन्द्रको भनाई रहेको छ ।
सुशासन र जबाफदेहिता पहिलो शर्त हो : प्रमुख प्रशासकिय अधिकृत जग्दिशचन्द्र नेपाली

तपाईको प्रतिक्रिया