२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार

विश्वमा १३ करोड ८० लाख बालबालिका अझै श्रममा

काठमाण्डाै – विश्वमा अझै पनि १३ करोड ८० लाख बालबालिका बालश्रममा संलग्न रहेको पाइएको छ । विश्व बालश्रमविरुद्धको दिवसका अवसरमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) र संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२४ मा विश्वभर झन्डै १३ करोड ८० लाख बालबालिका बालश्रममा संलग्न रहेको जानकारी गराएका हुन् ।

बालश्रममा रहेकामध्ये पाँच करोड ४० लाख जनाभन्दा धेरै बालबालिका जोखिमयुक्त काममा संलग्न रहेका प्रतिवेदनमा उल्लेख छ । जोखिमयुक्त कामका कारण ती बालबालिकाको स्वास्थ्य, सुरक्षा वा मानसिक विकासमा गम्भीर असर पारिरहेको प्रतिवेदनमा भनिएको छ ।

सन् २०२० यता दुई करोड २० लाख बालबालिका बालश्रमबाट मुक्त भए पनि सन् २०२५ सम्म बालश्रमको पूर्ण उन्मूलन गर्ने विश्व लक्ष्य भने अधुरै रहेको प्रतिवेदनको निष्कर्ष छ । प्रतिवेदन अनुसार बालश्रमको ६१ प्रतिशत कृषि क्षेत्रमा रहेको छ । त्यसपछि सेवा क्षेत्रमा २७ प्रतिशत र उद्योग क्षेत्रमा १३ प्रतिशत बालबालिका कार्यरत देखिन्छन् ।

आईएलओ र युनिसेफले बाल श्रम उन्मूलनका लागि सामाजिक सुरक्षा प्रणालीमा लगानी गरी बालभत्ताको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

२०७८ सालमा गरेको अध्ययन अनुसार नेपालमा ११ लाख बालबालिका बालश्रममा रहेका छन् । केन्द्रीय तथ्याङ्क विभागले अन्तराष्ट्रिय श्रम सङ्गठनसँगको सहकार्यमा गरेको अध्ययन अनुसार ११ लाख बालबालिका श्रममा रहेका पाइएकोमा दुई लाख जना बालबालिका जोखिमपूर्ण श्रममा रहेका छन् ।स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै