मानव विकास सूचकाङ्कमा नेपाल १४५औं स्थानमा : शिक्षा र आयमा सुधार हुँदा औसत आयु घट्यो

काठमाण्डाै – मानव विकास सूचकाङ्कमा नेपालले एक स्थान सुधार गरेकाे छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले हिजो सार्वजनिक गरेको ‘मानव विकास प्रतिवेदन २०२५’ अनुसार नेपाल एक स्थान सुधारसहित १ सय ४५औं स्थानमा आएको हो ।

यस वर्ष नेपालको सूचकाङ्क मान ० दशमलव ६२२ रहेको छ । गएको वर्ष ० दशमलव ६०१ थियो । सूचकाङ्क मानमा एक अङ्कले पूर्ण र शून्य अङ्कले अतिकम भन्ने बुझाउँछ ।

प्रतिवेदन अनुसार शिक्षा, स्वास्थ्य र आम्दानी सूचकहरूमा नेपालको प्रगति मध्यम श्रेणीको रहेको छ । यसले नेपालको विकास गति मन्द र स्वाभाविक रहेको देखाउँछ ।

मानव विकास प्रतिवेदनमा समग्र मानव विकासका तीन वटा आधारभूत आयामको औसत उपलब्धि मापन गर्ने गरिन्छ । जसमा पहिलो आयु अर्थात् एउटा बच्चा सरदर कति लामो आयु बाँच्छ भन्ने हेरिन्छ । प्रतिवेदन अनुसार नेपालीको सरदर आयु ७० वर्ष ४ महिना देखिएको छ । अघिल्लो वर्ष ७० वर्ष ५ महिना थियो ।

दोस्रो आयाम शिक्षा रहेको छ । यसमा भर्ना भएदेखि विद्यालय शिक्षा पूरा गर्न एउटा बच्चाले बिताउनुपर्ने वर्षलाई लिइन्छ । नेपालमा विद्यालय शिक्षा पूरा गर्न १३ वर्ष ८ महिना लाग्ने अनुमान छ । अघिल्लो वर्ष १२ वर्ष ६ महिना थियो ।

तेस्रो आयाम आय रहेको छ । नेपालीको प्रतिव्यक्ति वार्षिक औसत कमाइ ४ हजार ७ य २६ अमेरिकी डलर पुगेको छ । गएको वर्ष ४ हजार २६ डलर थियो ।

प्रतिवेदन अनुसार नेपालका सबैभन्दा धनी एक प्रतिशत मानिससँग १३ दशमलव ७ प्रतिशत सम्पत्ति रहेको छ । नेपाल दक्षिण एशियामा अफगानिस्तान र पाकिस्तानभन्दा अघि छ । दक्षिण एशियामा माल्दिभ्स सबैभन्दा उच्च ९३औं स्थानमा छ ।

यूएनडीपीले जारी गरेको सूचीमा १ सय ९३ वटा देश रहेका छन् । मानव विकास सूचकाङ्कमा पहिलो स्थानमा आइसल्यान्ड, दोस्रोमा नर्वे र तेस्रोमा स्विट्जरल्यान्ड छन् ।

यस वर्षको प्रतिवेदनले मानव विकासका बहुआयामिक पक्षमा कृत्रिम बौद्धिकता (एआई) ले कस्तो प्रभाव पार्न सक्छ ? र सम्भावना देखाएको छ भन्ने विषयवस्तुलाई केन्द्रमा राखेको छ । एआईको प्रयोगबाट मानव विकासलाई थप सशक्त बनाउन, समावेशितालाई प्रवर्द्धन गर्न र न्यायपूर्ण समाज स्थापनाका लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावनालाई पनि प्रतिवेदनले उजागर गरेको छ ।स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img