हृदय भुसाल अर्घाखाँची ।नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी ) शितगंगा नगरपालिकाकाे प्रथम ऐतिहासिक अधिवेशन ठाडामा सम्पन्न भएको छ । अधिबेशनले अर्जुन बुढामगरको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा देबराज पन्थी,सचीव बिक्रम आचार्य,उपसचीव राधा आचार्य,पदम न्यौपाने रहेको २७ सदस्य कमिटी अधिबेशनले चयन गरेको नबनिर्वाचित अध्यक्ष अर्जुन बुढामगरले बताउनु भयो । प्रथम अधिबेशनको उद्घाटन गर्दै पार्टी केन्द्रिय कमिटी उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टी अब नयाँ गतिका साथ अगाडी बढ्ने भन्दै पार्टी अध्यक्षलाई राजनीतिक प्रतिसोध साध्न अनेक गरे पनि छिटो नै सफाइ पाउने बताउनु भयो । नेता खतिवडाले, आगामी निर्वाचन २०८४ मा पार्टी एक्लै निर्वाचन जुध्ने गरि अगाडि बढेको भन्दै त्यसको तयारीका लागी आजैदेखी संगठनको निर्माण र बिस्तारको काम लाग्न निर्देशन दिनु भयो । अधिबेशनमा पार्टी केन्द्रिय सदस्य जिल्ला सहइन्चार्ज सुशील भट्टराई,पार्टी लुम्बिनी प्रदेश कमिटी सचीव,नारायण शर्मा पार्टी,जिल्ला कमिटी अध्यक्ष राम बहादुर चौहान, पार्टी जिल्ला कमिटी उपाध्यक्ष युबराज पौडेल,सचिव हृदय भुसाल,पार्टी प्रदेश कमिटी डुकलाल भाट,माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य मणी अधिकारी,रास्ट्रिय स्वतन्त्र पार्टी नगर अध्यक्ष कमल पौडेल,नेकपा माले जिल्ला सचीव केदार बेल्वासे,नेशनल रिपब्लिक पार्टी प्रदेश अध्यक्ष,पुर्ण बहादुर थापा लगायतले अधिबेशन सफलताको सुभकामना व्यक्त गर्नु भएको थियो । अधिबेशनमा पार्टी जिल्ला कमिटी उपसचीव नारायण भुसाल,पार्टी प्रदेश सल्लाहकार जिबन शर्मा, जिल्ला सदस्यहरु गोबिन्द पोख्रेल,निर्मला पोखरेल,अभिषेक सारु,मेघ बहादुर बेल्वासे, बसन्त बेल्वासे,जिबलाल बिसि,बाबुराम बिसि,झबिलाल भट्टराई ज्वती बन्जाडे लगायत जनसंगठनका नेताहरूको आथित्यता रहेको थियो । अधिबेशन अधिबेशन आयोजक कमिटी अध्यक्ष अर्जुन बुढामगरको अध्यक्षता,मेघ बहादुर बेल्वासेको स्वागत मनतब्य,सचीव बिक्रम आचार्यको संचालनमा सम्पन्न अधिबेशनले राजनैतिक,सागाठानिक तथा
आर्थिक प्रतिबेदन पास गर्दै १५ बुदे समसामुयिक प्रस्ताव पास गरि भब्य रुपमा अधिबेशन सम्पन्न भएको पार्टीले जनाएको छ ।
नेकपा (एस) शितगंगाको प्रथम अधिबेशन सम्पन्न,अर्जुन बुढाको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित

तपाईको प्रतिक्रिया