राप्तीमा निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण कार्यक्रम सम्पन्न

भालुवाङ (दाङ) — आशाका किरण संस्था र दारी ग्याङ दाङको संयुक्त आयोजना तथा गुराँस फार्मेसीको प्राविधिक सहयोगमा दाङको राप्ती गाउँपालिका १ भालुवाङमा निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
दारी ग्याङ दाङका जिल्ला अध्यक्ष युवराज पोख्रेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा १०६ जना स्थानीय तथा आवतजावत गर्ने यात्रुहरूले मधुमेह (डायबिटिज) तथा रक्तचाप (ब्लड प्रेसर) परीक्षण गराएका थिए । परीक्षणका क्रममा २२ जनामा उच्च मधुमेह र २८ जनामा उच्च रक्तचापको अवस्था देखिएको स्वास्थ्य प्राविधिक कृष्ण श्रेष्ठले बताए । प्राविधिक पक्ष सम्हालेका गुराँस फार्मेसीका सञ्चालक कृष्ण श्रेष्ठले प्रारम्भिक अवस्था मै रोगको पहिचान हुनुले दीर्घकालीन जटिलता रोक्न सकिने बताए ।
दारी ग्याङ दाङका अध्यक्ष युवराज पोख्रेलले हालको व्यस्त र अस्वस्थ जीवनशैलीका कारण मधुमेह र उच्च रक्तचापजस्ता दीर्घरोगहरूमा तीव्र वृद्धि भइरहेको भन्दै यस्ता निःशुल्क परीक्षण कार्यक्रमहरू अत्यन्त उपयोगी भएको धारणा राखे । आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्बासेले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै समुदायमा स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्ने कार्यमा संस्थाको प्रतिबद्धता कायमै रहेको जनाएका थिए ।
स्वास्थ्य परीक्षणका लागि उपस्थिति जनाउने अधिकांश बासिन्दाहरूले यस्ता कार्यक्रमबाट आफूहरू लाभान्वित भएको बताउँदै आगामी दिनमा पनि यस्ता निःशुल्क स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराइरहनु आवश्यकता रहेको औंल्याए। सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको एकदिने कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आशाका किरण संस्थाका महासचिव लोकमणी भुसालले जानकारी दिएका छन् ।
कार्यक्रममा आशाका किरण संस्थाका संस्थापक अध्यक्ष सूर्य किरण के.सी., वर्तमान अध्यक्ष अशोक बेल्बासे, व. उपाध्यक्ष दिवस आचार्य उपाध्यक्ष श्रीधर जि.सी., महासचिव लोकमणी भुसाल सचिव थमन राना, सदस्यहरू स्वस्तिका खनाल, ममता गिरी, सिर्जना खड्का, पवित्रा विश्वकर्मा, कमल आचार्य लगायतको सक्रिय उपस्थिति रहेको थियो ।
त्यसैगरी, दारी ग्याङ दाङका संस्थापक संयोजक नारायण गौतम, लुम्बिनी प्रदेश सह-संयोजक टार्जन भण्डारी, सचिव हेमन्त भण्डारी पदाधिकारीहरू युवराज पोख्रेल, पदम खनाल, दुर्गेश सुवेदी, रोशन पौडेल सहभागी थिए । स्वास्थ्य परीक्षणको प्राविधिक पक्षमा ल्याव टेक्निसियन संजिता सुनारले महत्वपूर्ण भूमिका निभाएकी थिइन् । उनले सहभागीहरूको रक्तचाप र सुगर परीक्षण गरी प्रारम्भिक नतिजा उपलब्ध गराउने कार्यमा सहयोग पुर्‍याएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img