१० असार २०८२, मंगलबार
१० असार २०८२, मंगलबार

नेकपा (एकीकृत समाजवादी) भुमिकास्थान नगरकमिटी द्वारा नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझायो

हृदय भुसाल। नेकपा (एकीकृत समाजबादी)  भुमिकास्थान नगर कमिटीले मगलबार नगर प्रमुख झबिलाल थापालाई ध्यानाकर्षण पत्र बुझाएको छ । पार्टी केन्द्रको दोस्रो चरणको सुशासन र रोजगारी समाजबादको तयारी आन्दोलनको कार्यक्रम अन्तरगत ध्यानाकर्षण  पत्र पेस गरिएको पार्टीले जनाएको छ  । पार्टी , प्रदेश र जिल्ला  तहका नेताहरुको उपस्थितिमा ध्यानाकर्षण  पत्र पेस गरिएको नगरकमिटी अध्यक्ष बामदेब गैरेले  बताउनु भयो ।  पार्टी नगरकमिटीले ४६  बुदामा ध्यानाकर्षण पत्र  बुझाएको पार्टी जिल्ला कमिटी उपसचिब पुस्पा भाटले बताउनु भयो ।पार्टीले आन्दोलनका विभिन्न कार्यक्रमलाई ब्यबस्थित र प्रभावकारी रुपमा अगाडी बढाई रहेको प्रदेश कमिटी सचीव नारायण शर्माले बताउनु भयो । ध्यानाकर्षण पत्र बुझदै नगर प्रमुख झबिलाल थापाले  पार्टीले उठाएका महत्त्वपूर्ण एजेन्डाहरु लाई महत्त्वका साथ आगाडी बढाउने आफू प्रतीबद्व रहेको बताउनु भयो । नगरपालिका प्रमुख प्रशासकिय अधिकृत जग्दिशचन्द्र नेपालीले जहिले पनि जनताको माग र आबश्यकता अनुसार पालिका अगाडी बढ्न तयार रहने बताउनु भयो । पार्टीले विभिन्न दोस्रो चरणका आन्दोलनका कार्यक्रमहरु जेठ भर संचालन  गरिने कार्यालय सचीव नारायण भुसालले बताउनु भयो। ध्यानाकर्षण बुझाउन पार्टी नेताहरू नारायण शर्मा,तारापती भट्टराई हृदय भुसाल पुस्पा भाट,नारायण भुसाल, भुमिकास्थान बाट प्रतिनिधित्व गर्ने जिल्ला कमिटी सदस्यहरु,नगरकमिटीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै