सार्वजनिक यातायात बचाऊ संघर्ष समिति आन्दोलित, यस्ता छन् मागहरू:

अर्घाखाँची ।सार्वजनिक यातायात बचाऊ संघर्ष समितिले आईतबार माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।आईतबार यातायात सम्बन्धी ७ बँुदे माग पूरा गराउनका लागि सरकारसमक्ष दबाब सिर्जना गर्नका लागि विरोध प्रदर्शन गरिएको हो ।समितिले विदेशी एप्लिकेसन मार्फत निजी २ तथा ४ पाङ्ग्रे सवारीसाधनले गैरकानूनी रूपमा आफूखुशी भाडा तोकी यात्रुहरूलाई सेवा दिइरहेको कार्य तत्काल बन्द गर्न माग गरेको छ ।प्रदर्शनमा सहभागी व्यवसायी सरोज सिटौलाले राजनीतिक पार्टीको एजेण्डा नभई नितान्त सार्वजनिक यातायात बचाएर गरी खान देऊ भन्नका लागि यातायात व्यवसायीहरू सडकमा आएको बताए ।

उनले भने, ‘नेपाली यात्रुबाहक सवारीसाधन, मालबाहक सवारीसाधन हाम्रो विस्थापित भइसक्यो । अब रातो प्लेटका कारण हामी पनि विस्थापित हुने समय भयो । हामी कुनै राजनीतिक एजेण्डा लिएर आएका होइनौं । नितान्त सार्वजनिक यातायात बचाएर गरिखान देऊ भन्नका लागि हो । लाखौं यातायात व्यवसायी र स्वरोजगार साथीहरूलाई विस्थापित गर्ने ऐन आएको छ, त्यो फिर्ता हुनुपर्छ ।’ पटक–पटक सरकारसँग गरेका मागहरू र सर्वाेच्चको गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने उनले बताए ।

यस्ता छन् मागहरू

१. बागमती प्रदेश सरकारको सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज गर्न माग गर्दछौं ।

२. विदेशी एप्लिकेसनमार्फत निजी २ तथा ४ पाङ्ग्रे सवारीसाधनले गैरकानूनी रूपमा आफूखुशी भाडा तोकी यात्रुहरूलाई सेवा दिइरहेको कार्य तत्काल बन्द गर्न माग गर्दछौं ।

३. बागमती प्रदेश सरकारले मिटर जडित ट्याक्सीको सट्टा भर्नामा लगाएको सिण्डिकेट खारेज गरी संघीय सरकारले तयार पारेको मापदण्ड यथाशीघ्र लागू गरी सट्टाभर्नाको समस्या समाधान गर्न माग गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img