अर्घाखाँची ।सार्वजनिक यातायात बचाऊ संघर्ष समितिले आईतबार माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।आईतबार यातायात सम्बन्धी ७ बँुदे माग पूरा गराउनका लागि सरकारसमक्ष दबाब सिर्जना गर्नका लागि विरोध प्रदर्शन गरिएको हो ।समितिले विदेशी एप्लिकेसन मार्फत निजी २ तथा ४ पाङ्ग्रे सवारीसाधनले गैरकानूनी रूपमा आफूखुशी भाडा तोकी यात्रुहरूलाई सेवा दिइरहेको कार्य तत्काल बन्द गर्न माग गरेको छ ।प्रदर्शनमा सहभागी व्यवसायी सरोज सिटौलाले राजनीतिक पार्टीको एजेण्डा नभई नितान्त सार्वजनिक यातायात बचाएर गरी खान देऊ भन्नका लागि यातायात व्यवसायीहरू सडकमा आएको बताए ।
उनले भने, ‘नेपाली यात्रुबाहक सवारीसाधन, मालबाहक सवारीसाधन हाम्रो विस्थापित भइसक्यो । अब रातो प्लेटका कारण हामी पनि विस्थापित हुने समय भयो । हामी कुनै राजनीतिक एजेण्डा लिएर आएका होइनौं । नितान्त सार्वजनिक यातायात बचाएर गरिखान देऊ भन्नका लागि हो । लाखौं यातायात व्यवसायी र स्वरोजगार साथीहरूलाई विस्थापित गर्ने ऐन आएको छ, त्यो फिर्ता हुनुपर्छ ।’ पटक–पटक सरकारसँग गरेका मागहरू र सर्वाेच्चको गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने उनले बताए ।
यस्ता छन् मागहरू
१. बागमती प्रदेश सरकारको सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज गर्न माग गर्दछौं ।
२. विदेशी एप्लिकेसनमार्फत निजी २ तथा ४ पाङ्ग्रे सवारीसाधनले गैरकानूनी रूपमा आफूखुशी भाडा तोकी यात्रुहरूलाई सेवा दिइरहेको कार्य तत्काल बन्द गर्न माग गर्दछौं ।
३. बागमती प्रदेश सरकारले मिटर जडित ट्याक्सीको सट्टा भर्नामा लगाएको सिण्डिकेट खारेज गरी संघीय सरकारले तयार पारेको मापदण्ड यथाशीघ्र लागू गरी सट्टाभर्नाको समस्या समाधान गर्न माग गर्दछौं ।