२७ माघ २०८२, मंगलबार
२७ माघ २०८२, मंगलबार

भूमिकास्थान नगरपालिकाको सातौँ नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गोपाल प्रसाद भट्टराई अर्घाखाँची ।भूमिकास्थान नगरपालिकाको सातौँ नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड
प्रतियोगिता सुरु भएको छ । भूमिकास्थानको नुवाकोट मा.वि.चिदिचौरकोखेलमैदानमा बुधबारदेखि प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले
गर्नुभयो । नगरप्रमुख थापाले खेलकुदले नगर र जिल्लालाई समेत देशमा पहिचान
दिने बताउनुभयो । शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य
भएको नगरप्रमुख थापाको भनाई छ ।
प्रादेशिक तथा राष्ट्रिय स्तरको प्रतियोगितामा समेत भूमिकास्थानका
खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नेगरि प्रतियोगितामा सहभागि हुन खेलाडीलाई
उहाँले आग्रह गर्नुभयो । खेलविकासमा नगरले निरन्तर लगानी र गतिविधि गर्दै
आएको स्मरण गर्दै नगरप्रमुख थापाले आगामी दिनमा पनि निरन्तर लागि पर्ने
घोषणा समेत गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकिय अधिकृत
जग्दीशचन्द्र नेपाली र शिक्षा शाखा प्रमुख तुवलाल सापकोटाले खेलकुदको
माध्यमबाट शारिरिक स्फूर्ति बढाउनुका साथै चौतर्फी रुपमा क्षमता विकासमा
सहयोगी सिद्ध रहने उल्लेख गर्नुभयो ।
प्रतियोगितामा भलिबल, कबड्डी, दौड, रिलेदौड, हाइजम्प, लङजम्प,
त्रिपलजम्प, सटपूट, ज्यावलिङ थ्रो लगायतका खेल समावेश गरिएको छ ।
प्रतियोगितामा विजेता विद्यार्थि र स्कुललाई शिल्ड, मेडल र प्रमाणपत्रले
सम्मान गरिनेछ ।
प्रतियोगितामा नगरपालिकाभित्रका १३ वटा मा.वि.तहका विद्यालयका
विद्यार्थीले प्रतिस्पर्धा गर्ने भूमिकास्थान नगरपालिकाका कम्प्युटर
अधिकृत शेषकान्त घिमिरे ओशनले जानकारी दिनुभएको छ ।
जेठ १४ गतेबाट सुरु भएको प्रतियोगिता जेठ १७ गतेसम्म सञ्चालन हुने शिक्षा
शाखाका सहायक शिक्षा अधिकृत नविन खड्काले  बताउनुभएको छ । “स्वास्थ्यको
लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, अनुशासनको लागि खेलकुद, पहिचानको
लागि  खेलकुद” भन्ने मूल नाराका साथ प्रतियोगिता सञ्चालन गरिएको हो ।
कार्यक्रममा भूमिकास्थान नगरपालिकाका १० वटै वडाका वडाध्यक्षहरू, विभिन्न
शाखाका कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, खेल शिक्षक,
सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै