२७ माघ २०८२, मंगलबार
२७ माघ २०८२, मंगलबार

भाेलि काठमाण्डाैमा हुने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयाेगकाे अपील

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेकपा एमालेले भोलि काठमाण्डौमा गर्ने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपील गरेको छ ।

भोलिको प्रदर्शनका सन्दर्भमा अपनाइने सुरक्षा सतर्कता सम्बन्धमा आयोगले आज काठमाण्डौ र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखहरूसँग छलफल गरेको थियो । आयोगले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपील गर्दै शान्ति सुरक्षाप्रति गम्भीर हुन निर्देशन दिएको हो ।

छलफलमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूले प्रदर्शन शान्तिपूर्ण होस् र कुनै बाधा व्यवधान नआओस् भन्नेतर्फ सचेत रही सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखिएको बताएका छन् ।

यस्तै शान्ति सुरक्षालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकायबीच समन्वय गरिएको, दुई पक्षबीच झडपको स्थिति आउन नदिन दुवै समूह एकआपसमा जम्काभेट नहुने गरी प्रबन्ध मिलाइएको, सञ्चारगृहलगायतका संवेदनशील स्थलहरूको सुरक्षामा ध्यान दिइएको र सडकमा सहज आवागमनमा अवरोध हुन नदिन तथा सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा रणनीति तयार पारिएको जानकारी दिइएको । स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै