कुशल दर्लामि बैजनाथ।बाँकेबैजनाथ गाउँपालिका–६ मा लक्षित वर्गका लागि सञ्चालन गरिएको ३० दिने एड्भान्स आरन सुधार तालिम सफलतापूर्वक सम्पन्न भएको छ। बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग तथा (सोक्याड) कोहलपुरको आयोजनामा सम्पन्न तालिममा ८ जना स्थानीय सहभागीले आधुनिक आरन तालिममा कच्चा फलाम बाट विभिन्न आधुनिक घरेलु सामाग्री निर्माण गरेका छन्।
तालिममा सहभागीहरूले हसिया, खुकुरी, खुडा, कुटो, चापरलगायतका घरेलु हतियार तथा औजार बनाउन आवश्यक सीप सिकेका छन् । समापन कार्यक्रममा प्रशिक्षक उमालाल बिकले आफुले सिकाएको सिपको सहि सदुपयोग गर्न प्रशिक्षार्थीलाई अनुरोध गर्दै प्रशंसा पत्र ग्रहण गरेका हुन् ।साथै ३० दिनसम्म निरन्तर तालिममा सहभागी भएर सफलता पुर्बक सीप सिकेका सहभागीहरूलाई प्रमुख अतिथी शाही लगाएत बिशिस्ट अतिथी र अतिथीहरुले सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
कार्यक्रमको सभाध्यक्षता कृष्ण बहादुर बिकले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही तथा विशिष्ट अतिथिका रूपमा उपाध्यक्ष निर्मला रोकाया सहभागी हुनुहुन्थ्यो। अन्य अतिथिमा बैजनाथ ३ का वडा अध्यक्ष निखिल बैगार, कार्यपालिका सदस्यहरू फरुदुदिन हलवाई, कमान सिंह सुनार, कृष्णा सुनार लगायतको उपस्थिति रहेको थियो।
स्थानीयस्तरमा स्वरोजगारको सम्भावना बढाउने उद्देश्यले सञ्चालन गरिएको तालिमप्रति सहभागीहरूले समेत सन्तोष व्यक्त गरेका थिए।
प्रमुख अतिथी गाउँपालिका अध्यक्ष शाहीले सिपलाई आधुनिकीकरण गर्न सामुहित आरन उद्योग स्थापना गरेर घरेलु बैजनाथको ब्रान्डको रूपमा घरेलु हतियार उत्पादन गर्ने संस्था वा ब्यक्तिलाई स्थानीय सरकारले आवश्यक सहयोग गर्नुका साथै उत्पादन गरेका सामाग्रीको बजारीकरण गर्नमा ग्यारेन्टी गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
बिशिष्ट अतिथी उपाध्यक्ष रोकायले अहिले गाउँपालिकाभरी एक दुई जना मात्र भएकोले अब तालीम प्रदान गरेका सबैले सामाग्री उत्पादन एवं पुराना सामाग्री मर्मतको काम गर्न सके मनग्य आम्दानी गर्न सकिने बताउँदै यी घरेलु हरियार बिहान उठेदेखि बेलुका सुत्नेसम्म लाई तरकारी काट्न घाँस दाउरा काट्न माछा मासु काट्न सबै काममा अनिवार्य प्रयोग हुने भएकोले यस्को महत्त्व सधैं भैरहने बताउनुभयो ।
अन्तमा सभाध्यक्ष कृष्ण बहादुर बि के ले सहयोग गर्ने गाउँपालिका लगाएत सहभागी प्रशिक्षक प्रमुख अतिथी बिशिस्ट अतिथी लगाएत सबैलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको वडा अध्यक्ष निखिल बैगारले जानकारी दिनुभयो ।