२७ माघ २०८२, मंगलबार
२७ माघ २०८२, मंगलबार

डेंगु राेग नियन्त्रणको लागि भूमिकास्थानकाे ढाकावाङ्गमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

टेकराज भुसाल,अर्घाखाँची। लामखुट्टेको टाेकाईबाट हुने डेंगु रोग नियन्त्रणका लागि अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिकामा अभियान थालिएको छ।

डेंगु राेग लगायतका कीटजन्य राेगहरुकाे नियन्त्रणका लागि भूमिकास्थान नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिकाका विभिन्न क्षेत्रमा यो अभियान थालिएको छ।

साेहि अनुरुप शनिवार ढाकावाङ्ग स्वास्थ्य चाैकीमा डेंगु राेग लगायतका कीटजन्य राेगहरुकाे नियन्त्रणका लागि अभिमुखीकरण तथा लामखुट्टेकाे बासस्थान खाेजी गरि लार्भा नष्ट गर्ने अभियान कार्यक्रम गरिएको छ।
ढाकावाङ्ग स्वास्थ्य चाैकी प्रमुख रन्जिता रायमाझीकाे अध्यक्षता, लिसा विककाे संचालन तथा राधिका घर्तीकाे स्वागत मन्त्वयमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख शुरेश गैरेले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ का पूर्व वडाध्यक्ष भाेजराज खनाल, वडा सचिव डिलबहादुर कुमार, भूमिकास्थान युवा संजालका संयाेजक टेकराज भुसाल, नर्सिङ अधिकृत बिन्दु पन्थी , आधारभूत स्वास्थ्य ईकाइ केन्द्र भूमिकास्थान-२ का इन्चार्ज श्याम चुदाली, पिपलनेटा बजार सुधार संस्थाका उपाध्यक्ष बाबुराम खनाल, स्थानीय बुद्धिजीवी चिरञ्जीवी खनाल, स्वास्थ्य चाैकीका कर्मचारी, जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयमसेविकाहरुकाे सहभागीता रहेको थियो।

एडिस जातको पोथी लामखुट्टेले पानी जमेका स्थानमा फूल पार्नेगर्छ। जमेको पानीको पहिचान गर्दै डेंगुको लार्भा नष्ट गर्न थालिएको स्वास्थ्य शाखा प्रमुख गैरेले जानकारी दिनुभयाे।

टिनका डब्बा, रंगका खाली डब्बा, थोत्रा टायर, अलकत्रा र मट्टितेलका खाली ड्रम, फूलदानी, गमला, कुलर, पानीका ट्यांकीहरूमा डेंगुको लार्भा भेटिने गरेको समेत गैरेले जानकारी दिनुभयाे ।

अभिमुखीकरण कार्यक्रम सम्पन्नपछि स्वास्थ्य चाैकी परिसर तथा त्यस क्षेत्र आसपासमा रहेका लामखुट्टे बस्ने सम्भावित स्थानको सरसफाई गरिएको ढाकावाङ्ग स्वास्थ्य चाैकी इन्चार्ज रन्जिता रायमाझीले बताउनुभयो। इन्चार्ज रायमाझीले
डेंगु लामखुट्टेको टोकाईबाट सर्ने संक्रमण सरूवा रोग भएकोले यसबाट बच्न सबैलाई आग्रह समेत गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै