काठमाण्डौ – पूर्वपश्चिम राजमार्गको नवलपरासी दाउन्ने खण्ड अवरुद्ध भएको छ । गएराति परेको पानीले दाउन्ने सडक खण्डको खुर्सानी खोला नजिक सडक भत्किएको छ ।
बर्दघाट नगरपालिका–४ अन्तर्गत पर्ने खुर्सानी खोलामा गएराति ११ बजेतिर भत्किएको सडक अहिलेसम्म मर्मत नहुँदा गाडी रोकिएका छन् ।
बिहान ८ बजेपछि सडकको मर्मत कार्य थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रहरी जवान मोहन शाहीले उज्यालोलाई जानकारी दिनुभयो ।
दाउन्ने खण्ड केही दिन अघि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य हुँदै आएको छ । यो सडकमा यात्रा सहज छैन ।
पश्चिमबाट पूर्व जाने गाडी बर्दघाट र पूर्वबाट पश्चिमका लागि छुटेका गाडी दुम्किबास ज्यामिरेमा रोकिएका छन् । सडक अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको छ । स्रोत उज्यालो