१० असार २०८२, मंगलबार
१० असार २०८२, मंगलबार

स्वर्गीय बुवा र छोराहरूको स्मृतीमा मनिराम पान्डेद्वारा प्रतीक्षालय निर्माण,जन्मदिनको अबसरमा उद्घाटन

प्रेस लुम्बिनी डटकम अर्घाखाँची । भुमिकास्थान नगरपालिका वडा न १० धन्चौर निवासी सफल युवा व्यावसायि,सामाजिक ब्याक्तित्व मनिराम पान्डे र रिता पान्डेले धन्चौर स्थित स्वास्थ्य चौकीको नजिक प्रतीक्षालय निर्माण गर्नु भएको छ । स्वर्गीय बुवा घनश्याम पान्डे र छोराहरू डुन्डिराज र प्रबीणको सम्झनामा प्रतीक्षालय निर्माण गर्नु भएको हो । सामाजिक कार्य एबम सधैं सबैलाई सहयोग गर्ने,गरिब दुखीको सहयोग गरिरहने,सेवा भाव बोक्नु भएका मनिराम पान्डेले यस्ता सामाजिक कार्यक्रम बिगत देखी नै गर्दै आउनु भएको छ । धन्चौरको मुख्य चोकमा प्रतीक्षालय निर्माण गर्दा धेरै उपयोगी हुने र आफुलाई पनि छोराहरु र बुवाको सम्झनामा प्रतीक्षालय निर्माण गर्दा मन सन्तोष हुने भएकोले जति नै खर्च लागे पनि पबित्र मनले प्रतिक्षालय निर्माण गरेको मनिराम पान्डेले बताउनु भयो। शुक्रबार २०३६ खालमा जन्मनु भएका पान्डेले ४६ औं जन्मदिनको अबसर पारी प्रतीक्षालयको उद्घाटन गरिएको छ । एक कार्यक्रमका बिच पत्रकार हृदय भुसालले प्रतीक्षालयको  उद्घाटन गर्नु भएको छ । पत्रकार भुसालले उद्घाटन गर्दै यस्तो सामाजिक कार्य सबैका लागी प्रेरणादायी हुने र प्रतीक्षालय महत्त्वपूर्ण ठाउँमा निर्माण भएको हुँदा निकै उपयोगि हुने बताउनु भयो । उद्घाटन कार्यक्रममा सामाजिक तथा राजनीतिक ब्यक्तित्व तारापती भट्टराई,सामाजिक ब्यक्तित्व जेष्ठ नागरिक शालिकराम पान्डे,सामाजिक ब्यक्तित्व, धर्मराज भट्टराई,डिलाराम पान्डे,यमलाल भट्टराई,टामकला गैरे,टान प्रसाद भट्टराई लगायत सुपादेउराली आमा समुहको सम्पुर्ण टिम सहितको सामाजिक ब्यक्तिहरुको उत्साहजनक उपस्थिति रहेको थियो निकै महत्त्वपूर्ण ठाउँमा प्रतीक्षालय निर्माण भएको हुँदा घामपानी र जतिबेला पनि प्रयोग हुने र मनिराम पान्डेले निस्वार्थ भाबले गरेको कार्यले सबैलाई खुशी लागेको स्थानिय हरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै