हृदय भुसाल अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा न १ निवासी सामाजिक ब्यक्तित्व हुम बहादुर सेजवालले बिधालयमा अक्षय कोष स्थापना गर्नु भएको छ । सन्धिखर्क नगरपालिका वडा ११ अमिलेमा रहेको सरस्वती आधारभुत बिधालयमा एक कार्यक्रमका बीच ३३ हजार तीन सय ३० बराबरको अक्षयकोष सगै २ लाख बराबरको विभिन्न सामग्री वितरण गर्नु भएको बिधालयले जनाएको छ । पुज्यनिय पिता हिरासिंह सेजवाल र माता देबकला सिंहको स्मृतिमा बिधालयमा चेक सहित विभिन्न सामाग्री हस्तान्तरण गर्दा बिधाललाई निकै उत्साहित बनाएको बिधालयका प्रधानध्यापक महेन्द्र श्रेष्ठले बताउनु भयो । सामाजिक क्षेत्रमा कृयाशिल हुने र सधैं सहयोग गर्न रुचि राख्ने हुम बहादुरले विभिन्न संघ सस्थामा पटक पटक सहयोग गर्दै आउनु भएको छ । अर्घाखाँची अस्पतालका पुर्ब कर्मचारी समेत रहनु भएका हुम बहादुरले अस्पतालमा काम गर्दा देखी नै सामाजिक भाबका साथ काम गरिरहनु हुन्थ्यो । आफू जन्मिएको ठाउँको बिधालयका जेहेन्दार बिद्यार्थी हरुलाई थोरै भए नि सहयोग होस् भन्ने उदेश्यका साथ अक्षयकोष सगै विभिन्न सामाग्री वितरण गरिएको हुम बहादुर सेजवालले बताउनु भयो । बिधालयका सम्पुर्ण शिक्षकहरुलाई दोसल्ला,बिद्यार्थीहरुलाई स्टेशनरि सामग्री, बिधालयलाई कार्पेट लगायतका विभिन्न सामाग्री वितरणले सबैलाई नै थप उत्साह मिलेको स्थानिय हरुले बताएका छन् ।

माता पिताको स्मृतिमा हुमबहादुर सेजवालद्वारा बिधालयमा अक्षयकोष स्थापना
तपाईको प्रतिक्रिया

























