काठमाण्डाै – प्रतिनिधिसभामा निलम्बन हुने सांसदको सङ्ख्या तीन पुगेकाे छ । टेरामक्स खरिद प्रकरणमा नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै प्रतिनिधिसभामा निलम्बन हुने सांसदहरुको सङ्ख्या तीन जना पुगेकाे छ ।
फौजदारी अभियोगमा मुद्दा दायर भएपछि यस अघि नै नेकपा एमाले सचिव समेत रहेका सांसद टोपबहादुर रायमाझी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका सांसद रवि लामिछाने निलम्बनमा छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद गीता बस्नेत फरार छिन् ।

























