४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

नेकपा (एकीकृत समाजबादी)अर्घाखाँचीको प्रथम बैठक सन्धिखर्कमा सम्पन्न

हृदय भुसाल अर्घाखाँची। नेकपा एकीकृत समाजबादी अर्घाखाँचीको प्रथम पुर्ण बैठक सन्धिखर्कमा सम्पन्न भएको भएको छ । नबनिवार्चित कमिटीको प्रथम  बैठकले अधिबेशन सम्पन्न गर्ने सहयोग गर्ने गर्ने सबैलाई धन्यवाद ज्ञापन,अधिबेशनको समिक्षा,संगठन निर्माण र बिस्तार सम्बन्धि तीन महिने कार्यक्रम, प्रदेश अधिबेशनका लागी प्रतिनिधि छनोट, भूगोल तथा जनसंगठनका इन्चार्जहरुको  कार्यबिभाजन, लगायतका निकै  महत्त्वपूर्ण निर्णय गरेको पार्टी जिल्ला अध्यक्ष राम बहादुर चौहानले बताउनु भयो । पार्टीको ३ महिने अभियानमा पालिका वडा तथा कमिटीका अधिबेशन,जनसंगठनका अधिबेशन, सदस्यता नवीकरण लगायत काम हरु गरिने पार्टी उपाध्यक्ष तथा प्रचार बिभाग प्रमुख नारायण शर्माले बताउनु भयो । पार्टी अब उत्पादन र स्वरोजगारका  नयाँ कार्यक्रम सहित अगाडी बढाउन लागेको पार्टी उपाध्यक्ष  युवराज  पौडेलले बताउनु भयो । बैठकका प्रमुख अतिथि एबम केन्द्रिय लेखा आयोग सचिवालय सदस्य सुनिता बेल्वासेले अप्ठ्यारो परिस्थितिमा सबै एक भैई उर्जाका साथ पार्टी  काम लाग्नु पर्ने भन्दै संगठन बिस्तारका लागी ठोस योजना तथा कार्यक्रममा साथ अगाडी बढ्नु पर्ने बताउनु भयो । बैठकमा पार्टीका नेता एबम पेशागत महासंघका केन्द्रिय सदस्य दिनामणी बेल्वासे पार्टी लुम्बिनी  प्रदेश कमिटी सल्लाहकार, गिरि भुसाल लगायतका अथितिहरुले महत्त्वपूर्ण भनाई राख्नु भएको थियो । बैठकमा पार्टीका उपसचीवहरु डेम बहादुर नेपाली, पुस्पा भाट, नारायण भुसाल लगायतका जिल्ला कमिटीका सदस्यहरुले समेत रिपोर्ट/ रिपोर्टिङ तथा आगामी कार्यक्रमका सन्दर्भमा महत्त्वपूर्ण सुझाव तथा भनाई हरु राख्नु भएको थियोे । बैठक राम बहादुर चौहानको अध्यक्षता युबराज पौडेलको स्वागत र हृदय भुसालको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (80%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (20%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै