कुशल दर्लामी नेपालगन्ज, । भोलि बैशाख २० गते शनिबार हुन लागेको नेकपा (एकीकृत समाजवादी) पार्टीको आठौं जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पूरा भएको छ। बाँकेको नेपालगन्जस्थित CST होटलको सभाहलमा हुने भएको छ।जिल्ला अधिवेशनलाई सम्बोधन गर्न नेकपा (एकीकृत समाजवादी)का महासचिव घन श्याम भुसाल प्रमुख अतिथिको रूपमा आउने जिल्ला कमिटी सचीव दिपक जि एमले जानकारी दिनुभयो ।
अधिवेशनको सम्पूर्ण तयारीहरू सफलतापूर्वक सम्पन्न भइसकेको आयोजकले जनाएको छ। अधिवेशनलाई पार्टीका महासचिव घनश्याम भुसालले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रममा जिल्लाका विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, बुद्धिजीवी, व्यापारी, पत्रकार तथा सरोकारवाला सबैलाई उपस्थित भइदिन अनुरोध गरिएको छ।
अधिवेशनमा करिब ५०० जना सहभागी हुने छन् भने ५० जना स्वयंसेवक परिचालन गरिने आयोजकले जानकारी दिएको छ। प्रतिनिधि र आयोजक जिल्ला कमिटीबाट नेतृत्व चयन गरिने छ। यस अधिवेशनमार्फत पदाधिकारीसहित ७५ सदस्यीय जिल्ला कमिटी सर्बसहमत रुपमा चयन गरिने लक्ष्य लिइएको जिल्ला अध्यक्ष इन्द्र बहादुर थापाले जानकारी दिनुभयो।
जिल्ला ईन्चार्ज अब्दुल हुँदैन खानका अनुसार, यो अधिवेशन पार्टीको विचार, नीतिनिर्माण, र सांगठनिक सुदृढीकरणका लागि कोसेढुङ्गा सावित हुने छ।
कार्यक्रमलाई उत्सवमय, हर्षोल्लासपूर्ण र सहभागितामूलक बनाउनका लागि आयोजक कमिटीले विशेष तयारी गरेको छ।