४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

नेकपा (एकीकृत समाजबादी) अर्घाखाँचीले बुझायो ज्ञापनपत्र

हृदय भुसाल अर्घाखाँची । नेकपा (एकीकृत समाजबादी)   अर्घाखाँची जिल्ला कमिटीद्वारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको छ । रास्ट्रिय तथा जिल्लाका शिक्षा स्वास्थ्य,कृषि,पर्यटन सुशासन,रोजगारी तथा भौतिक पुर्बाधार लगायतका समस्या र समाधानका उपाय सहितको ध्यानाकर्षण पत्र बुझाईएको पार्टी जिल्ला कमिटी अध्यक्ष राम बहादुर चौहानले बताउनु भयो । नेपाली राजनीतिमा पछिल्लो समय सरकारका गतिविधि कारण नेपाली जनतामा निरासा र असन्तुष्टि चरम देखिएको हुँदा सुशासन र रोजगारी समाजबादीको तयारीका लागी विशेष कार्यक्रम अगाडी बढाउन ध्यानाकर्षण बुझाएको अध्यक्ष चौहानले बताउनु भयो । जिल्ला र रास्ट्रिय स्तरका प्रमुख समस्याहरुलाई लिपिबद्व गरि ज्ञापन पत्र पेस गरिएको उपाध्यक्ष युबराज पौडेलले बताउनु भयो । पार्टी केन्द्रको कार्यक्रम अनुसार विभिन्न सबालहरु समेटी पार्टीको मुख्य नेतृत्वको उपस्थितिमा शुक्रबार ज्ञापनपत्र प्रेश गरिएको पार्टी उपाध्यक्ष एबम प्रचार बिभाग प्रमुख नारायण शर्माले बताउनु भयो । निमित्त प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराईले ज्ञापन पत्र बुझदै निकै सान्दर्भिक सबाल उठान गरेको बताउदै  तत्काल प्रधानमन्त्री कार्यालय पठाउने बताउनु भयो । ध्यानाकर्षण पत्र बुझाउन पार्टी नेता दिनामणी बेल्वासे लगायतका नेता र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै