निम्बतरु
बिहानै -बिहानै
राजमार्ग छेउ
छाप्रे चिया पसलमा
आत्मामारा कपमा चिया पिइयो
इत्ति !
मुठ्ठेक चिया
जो पिउँदा पिउँदै घाँटीमा नै बिलायो ।
बसको यात्रा
बिजोग होटलमा
पेटमारा भात खाइयो
भोकको रापमा
निल्न बाध्य,चबाउन जबरजस्ती
खाएपछि पेट जलन
पाइखानामा अगेनो भएजस्तो
पक्का छ भोलि झाडा हुन्छ नै हुन्छ
बसको यात्रा
ज्यानमारा बाटो
मुटु हत्केलोमा राखेर हिड्नु छ ।
मनमारा मायाको याद उस्तो
उल्टो घरको कम्जोर हालत
आत्मामारा कपभित्र ।