बाबुराम ताम्राकार (रसाइली) । बाँके । स्वच्छ सफा नेपाल (CLEAN UP NEPAL) केन्द्रकाे आयाेजना Intersectional Green Future: Advancing Climate Justice For all परियोजना मार्फत IM Swedish Development Partner काे आर्थिक सहयोगमा लुम्बिनी प्रदेश स्तरीय जलवायु न्याय र कार्य सञ्जाल सम्बन्धि २ दिने क्षमता विकास कार्यक्रम बाँकेकाे सदरमुकाम नेपागंजमा बिहिवार समापन भएकाे छ ।
लुम्बिनी प्रदेश स्तरीय जलवायु न्याय र कार्य सञ्जाल संयाेजक नमस्कार शाहकाे संयाेजकत्व, संस्थाका कार्यकारी निर्देशक रविन्द्र लामिछानेकाे प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेश अन्तर्गतका १२ जिल्लाका सहभागितामा नेपालगंज स्थित हाेटल न्यु ईन्द्रेणीमा संचालन भएकाे कार्यक्रमले दाेस्राे दिनकाे सुरुवातिमा पहिलाे दिनकाे कार्यक्रमकाे समीक्षा गेम मार्फत गरि गाेष्ठीमा प्रवेश गरिएकाे हाे ।
विश्व वातावरण दिवस अर्थात ५ जुन २०२४ मा स्थापना भएकाे यस संजालले विभिन्न संस्थामा आवद्ध व्यक्तिहरुलाई नेटवर्क बनाई जलवायु परिवर्तन सम्बन्धि बृहत् शिक्षा तथा क्षमता विकास सम्बन्धि गाेष्ठीहरु प्रदान गर्दै आईरहेकाे छ ।
स्वच्छ सफा नेपाल (CLEAN UP NEPAL) का कार्यकारी निर्देशक रहेका लामिछानेले जलवायु परिवर्तन हुनुमा प्लास्टिकजन्य फाेहाेर, विभिन्न खाद्य तथा तरकारी जन्य वस्तुहरुबाट उत्पन्न हुने फाेहाेर उचित व्यवस्थापन नहुनाले वातावरण प्रदुषण भई जलवायुमा परिवर्तन आउने बताउदै यसकाे लागि केन्द्र, प्रदेश, पालिका संग समन्वय गरी संजाल निर्माण गरेमा न्युनिकरणमा टेवा पुग्ने बताएका छन् ।
त्यस्तै CLEAN UP NEPAL का वकालत तथा अभियान सल्लाहाकार प्रेमप्रकाश नेपालीले स्थानीय तहमा Local Adaptation Planing Action कार्यान्वयनकाे महत्व, याेजनााका बारेमा मनाेरञजनात्मक रुपले प्रकाश पारेका छन् ।
त्यस्तै कार्यक्रममा सहभागी बाँके जिल्लाबाट उपस्थित बास नेपालका केन्द्रीय उपाध्यक्ष दिला शाहले दाेस्राे दिन अर्थात समापन कार्यक्रमकाे विचमा समय सान्दर्भिक कविता प्रस्तुत गरि मनाेरन्जन दिएकी हुन् । संजालले यस अभियान सफल बनाउनका निम्ति आगामी कार्ययाेजना समेत तय गरेकाे छ । कार्यक्रम स्वच्छ सफा नेपालका परियाेजना संयाेजक कैलाश विक्रम शाहीकाे न्यानाे व्यवस्थापनका साथै संचालनमा समापन भएकाे छ ।