हृदय भुसाल अर्घाखाँची । अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा बिश्व प्रेस स्वतन्त्रता दिबशको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा अर्घाखाँचीले जिल्लाका विभिन्न रेडियोमा कार्यरत रेडियोकर्मी प्राविधिकहरुलाई सम्मान गरेको छ । एक कार्यक्रमका बीच बिहिवार १३६ औं श्रमिक दिवसको अवसरमा रेडियोको प्राविधिक कक्षमा बसेर एउटा कोठाको आवाजलाई आम नागरिक सम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्राविधिकहरुलाई सम्मान गरिएको उक्त संमानले उनिहरुलाई काम गर्न थप उर्जा समेत मिल्ने प्रेस चौतारी अर्घाखाँचीका अध्यक्ष नविन केसीले बताउनु भयो । यसरि सम्मानित हुनेहरूमा सामुदायिक रेडियो देउरालीका प्राविधिक प्रविण भट्टराई, रेडियो पाणिनीका प्राविधिक लक्ष्मी पोख्रेल, रेडियो अर्घाखाँचीका प्राविधिक सपना खनाल भट्टराई, शालिक बाबु पोख्रेललाई सम्मान गरिएको हो ।
प्रेस चौतारी नेपाल अर्घाखाँचीले एक कार्यक्रमको आयोजना गरि उक्त सम्मान गरेको हो । सम्मान कार्यक्रमका प्रमुख अथिती एबम प्रेस चौतारी नेपालका केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले श्रमजीवी पत्रकारहरुकै पक्षमा सधैं प्रेस चौतारी रहेको भन्दै जिल्लाको मिडियाको बिकास लाग्ने बताउनु भयो पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष समेत रहनु भएका खनालले भौतिक पुर्बाधारको मात्र बिकास होइन मिडियाको पनि बिकास गर्नु पर्छ भन्ने कुरा सबै सरोकारवालाहरुलाई समेत महसुस गराई काम गर्ने पर्ने बताउनु भयो । कार्यक्रममा प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर पन्थीले पत्रकारिता चुनौतीहरुलाई सबै एकभैई सामाना गर्नु पर्ने भन्दै समय अनुसार पेशागत क्षमता अभिबृद्वी गरि अगाडी बढ्नु पर्ने बताउनु भयो । कार्यक्रममा प्रेस चौतारी नेपाल केन्द्रीय अनुशासन आयोगका सदस्य श्याम प्रसाद घिमिरे, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेम नारायण आचार्य, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष हृदय भुसाल, प्रगतिशील पत्रकार संघका केन्द्रीय सचिव गोपाल प्रसाद भट्टराई, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष लक्ष्मण घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम प्रेस चौतारी नेपाल अर्घाखाँचीका शाखाका अध्यक्ष नविन केसीको अध्यक्षता, उपाध्यक्ष करिश्मा खनालको स्वागत मन्तव्य र सचिव नविन विकको संचालनमा सम्पन्न भएको थियो ।