विद्यालय सञ्चालन गर्न ललितपुर र पोखरा महानगरपालिकाको आग्रह, पर्वतमा सामुदायिक विद्यालय खुल्न थाले

काठमाण्डौ – विद्यालय सञ्चालन गर्न ललितपुर र पोखरा महानगरपालिकाले आग्रह गरेका छन् । ललितपुर महानगरपालिकाले आजदेखि महानगरक्षेत्रका सबै विद्यालय सञ्चालन गर्न पत्राचार गरेको छ । महानगरपालिकाका प्रवक्ता राजु महर्जनले हिजो पत्राचार गरी सबै सामुदायिक विद्यालय सञ्चालन गरी पठनपाठन शुरू गर्न अनुरोध गर्नुभएको हो ।

महानगरपालिकाले शिक्षकको सहभागितामा शैक्षिक सत्र–२०८२ को शैक्षिक कार्यपात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको जनाउँदै कार्यपात्रो बमोजिम विद्यार्थी भर्नालगायत शैक्षिक क्रियाकलाप अहिलेसम्म सञ्चालन हुन नसकेकोतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विद्यालय शिक्षा ऐनलगायतका विभिन्न माग राखी शिक्षकहरुले आन्दोलन गर्दा देशभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।

यसैबीच पोखरा महानगरपालिकाले पनि भोलिदेखि महानगरभित्रका सामुदायिक विद्यालयमा पठनपाठन सञ्चालन गर्न आग्रह गरेको छ ।

महानगरपालिकाले हिजो सूचना निकालेर नगर शिक्षा समितिको निर्णयअनुसार भोलिदेखि विद्यालयमा पठनपाठन गराउन सबैमा आग्रह गरेको हो ।

त्यस्तै शिक्षक महासङ्घले घोषणा गरेको आन्दोलन अनिश्चित बन्दै गएपछि पर्वतमा सामुदायिक विद्यालय खुल्न थालेका छन् ।

सामुदायिक विद्यालय सञ्चालनमा नआउँदा निजी विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढेको र यही अवस्थामा सामुदायिक विद्यालय थप प्रभावित हुने भएपछि विद्यालय व्यवस्थापन समिति र अभिभावकले भर्ना अभियान सञ्चालन र पठनपाठन शुरू गरेका हुन् ।

शिक्षा विकास तथा समन्वय एकाइ पर्वतका अनुसार विभिन्न स्थानीय तहले विद्यालय खोलेर भर्ना अभियानका साथै पठनपाठन शुरू गरेका छन् ।

कुश्मा नगरपालिकाका केही विद्यालय, मोदी गाउँपालिका, फलेवास, महाशिला, जलजलाका विभिन्न विद्यालय खुलेर नियमित पठनपाठन हुन थालेको इकाई प्रमुख मतिलाल चपाईले जानकारी दिनुभयो ।

यसअघि पनि विभिन्न पालिकाले सूचना निकलेर विद्यालय सञ्चालन गर्न शिक्षकहरुलाई अनुरोध गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img