४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

पाल्पाकाे सिद्देश्वरमा जिप दुर्घटना : तीन जनाकाे मृत्यु, दुई जना गम्भीर घाइते

पदम गैरे पाल्पा । पाल्पाको रैनादेवी छहरा–१, सिद्धेश्वरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा रैनादेवी छहरा–१, असारेका २३ वर्षीय जनक रेगामीमगर, सोही स्थानका ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विक रहनुभएको छ । यस्तै सोही स्थानका जिप चालक २७ वर्षीय रन्जन रेश्मी र २३ वर्षीय सरोज बुढा गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयाे ।

गएराति १० बजेतिर जगलमा आगो निभाउन जादा सिद्धेश्वरको असारेस्थित भित्री सडकखण्डमा लु १ ज २३७७ नम्बरको जिप दुर्घटनामा परेको थियाे । दुर्घटनामा परेर गम्भीर रहेका तीन जनालाइ अस्पताल ल्याइएपनि चिकित्सकले मृत घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ । जिप सडकदेखि दुई सय मिटर तल खसेकाे थियाे ।
घाइतेहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै