४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

सामुदायिक बन उपभोक्ता महासंघद्वारा अन्तरकृया कार्यक्रम सम्पन्न

हृदय भुसाल अर्घाखाँची । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ अर्घाखाँचीको आयोजनमा भुमिकास्थान नगरपालिकामा स्थानीय वन ऎन र कार्यविधि सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम बिहीबार नगरपालिकाको सभाहल नुवाकोटमा  सम्पन्न भएको छ। उक्त कार्यक्रमका प्रमुख अथिती  एबम भुमिकास्थान नगरपालिका नगर प्रमुख झविलाल थापाले वन संरक्षणको लागि स्थानीय उपभोक्ताहरु सचेत हुनुपर्ने,वन ऎन तथा स्थानीय कार्यविधिमा स्थानीयहरुको सहभागी हुनुपर्ने बताउनु भएको थियो। नगरप्रमुख थापाले बनको संरक्षणमा समेत ध्यान दिनु पर्ने बताउनु भयो । कार्यक्रममा भुमिकास्थान नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले बन ऐन कार्यबिधीले काम गर्न थप सहज हुने बताउनु भयो । कार्यक्रममा  वार्ड अध्यक्षको तर्फबाट वाड न ७का वडा अध्यक्ष  रामचन्द्र ढुंगानाले सामुदायिक वन संरक्षणको लागि उपभोक्तानै सक्रियता पुर्व लाग्नुपर्नेमा जोडदिनुभएको थियो।उक्त कार्यक्रममा सामुदायिक वन व्यवस्थापन कार्यविधि २०८२ मस्यौदा परियोजना संयोजक अस्मिता उपाध्यायले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ अर्घाखाँचीका अध्यक्ष मधुकुमार श्रेष्ठ अध्यक्षता  सीता पन्थीको स्वागत  र संन्चालन पत्रकार केशब पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै