४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

सितगंगाको बिकासका लागी निरन्तर लागेका छौं:उपप्रमुख भाट

हृदय भुसाल अर्घाखाँची ।सितगंगा नगरपालिका नेपालकै सबैभन्दा ठुलो नगरपालिका हो । ठुलो भूगोल भएका कारण चौतर्फी रुपमा जन अपेक्षा अनुसारको बिकास हुन नसके पनि दोस्रो कार्यकालका लाई निर्वाचित जनप्रतिनिधिहरु निर्वाचित भए संगै बिकासका कामलाई तीब्र गतिका साथ अगाडी बढाएको नगर उपप्रमुख गिता भाटले बताउनु भयो । चालु आर्थिक बर्षमा थुप्रै योजनाहरुको काम तीब्र तरिकाले अगाडी बढेको बताउनु भयो । उपप्रमुख भाटले अहिले डमरू दहमा २ करोड ४० लाख, ठाडा जुकेना बाटो पिचको काम ७ करोड बराबरको काम भएको र आगामी बर्ष पनि थप बजेट माग गरिएको बताउनु भयो । यस्तै विभिन्न बाटो सगै भौतिक पुर्बाधार र आर्थिक,सामाजिक बिकासको क्षेत्रमा समेत महत्त्वपूर्ण काम भैईरहेको उपप्रमुख भाटले बताउनु भयो । अहिले पालिका भर भैईरहेका मुख्य मुख्य काम र आगामी आर्थिक बर्षका लागी प्राथमिकतामा रहेको काम र बजेटका सन्दर्भमा  उपप्रमुख भाटले विभिन्न माध्यम बाट जानकारी समेत गराउनु भएको छ ।नगरपालिकाको बिकासका लागी दिनरात नभनी लागेका छौं,धेरै प्रयासहरु भएका छन् । सबैकुरा एकैपटक नहुदो रहेछ, क्रमश जनताका माग र आबश्यकता अनुसारको बिकास गर्न प्रतिबद्ध छौ उपप्रमुख भाटले भन्नू भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (60%)
  • दुःखी (20%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (20%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै