निम्बतरु
नेपालीलाई लुतो त चाहिन्छ
कि दाद हुनुपर्छ कि खैरो
खाली समय के गर्ने ?
कन्याउँछ भुल्छ
एकछिन एकछिन
घर -समाजको काम आदि छुटाएर
कुनै न कुनै बाहानामा घुमफिर वा मस्ती गरेर
झारा टारेर त
देश यस्तो छ नक्सा मात्रै
जिम्मेवारीबाट पन्छिएर वा फुस्किएर अन्त मोडिनुले त
देश यस्तो छ
बरु लुतो आओस् कन्याई
भुल्न देश ।
भावानात्मक बुध्दिमताको सहरामा
भावनात्मक धम्की दिएर
देश लुटिरहे पल -पाइला ।
अर्कोलाई संक्रमित गरेर आफूजस्तै बनाउनु नै
उनीहरुको धर्म हो
त्यस्ता प्रतिकृति
त्यस्ता प्रतिलिपि तमाम छन्
जस्को प्रभाव र प्रसारले
गुइयेखेलो प्रष्ट फस्टाउँछ ।
कोही कतै जँगलमा उम्रेको रहेछ भनेपनि
त्यस्लाई पनि
आफूजस्तै बनाउने कलाकारिता छ
तब देश यस्तो छ
ब्ल्याङ्केट ओढेर सुतेको छ ।
बरु लामो पेपरजस्तो बटारेर
कतै कुनातिर फाल्दा हुने भयो
कुनै गोदाम घरमा जस्तो ।