राप्रपाका नेताहरु रवीन्द्र मिश्र र धवलशमशेर राणा लगायत प्रदर्शनका क्रममा पक्राउ परेकाहरुको तत्काल रिहाई गर्न उनले सरकारसँग माग गर्ने बताएका हुन् ।
विहीबार बसेको कार्यसम्पादन समितिको बैठकको निर्णय सुनाउदै उनले चैत्र १५ गतेको प्रदर्शनको क्रममा पक्राउ परेकाहरुको तत्काल रिहाई गर्न सरकारसँग माग गर्ने र रिहाइकालागि कानूनी एवम् राजनीतिक दुवै लडाइँलाई सशक्त रुपमा अगाडि लैजाने निर्णय गरेको जानकारी दिए ।
उनले भने, ‘उपत्यकाभित्रका सबै वडा तहसम्म सबै नेताहरु पुग्ने र संगठनलाई अझै बलियो बनाउने निर्णय पनि गरेका छौं । कार्यक्रमलाई आन्दोलन केन्द्रीत बनाउने निर्णय भएको छ । पार्टीका नेताहरु रवीन्द्र मिश्र र धवलशमशेर राणालगायत चैत्र १५ गतेको प्रदर्शनको क्रममा पक्राउ परेको निर्दोष मानिसलाई तत्काल रिहाई गर्न सरकारसँग माग गर्ने र रिहाइका लागि कानूनी र राजनीतिक दुवै लडाईलाई सशक्त रुपमा अगाडि लैजाने निर्णय गरेको छ ।’
यस्तै, उनले आन्दोलन र पार्टी संगठनलाई सँगसँगै लाने भन्दै पूर्वघोषित मिति बैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय पनि गरेको बताए ।
उनले भने, ‘आन्दोलन र पार्टी संगठनलाई सँगसँगै लाने निर्णय गरेको छ । त्यस क्रममा पूर्वघोषित मिति बैशाख७गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ । बैशाख ९ गते ७७ वटै जिल्लामाविरोध सभा, धर्ना र प्रदर्शनको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।’
राप्रपाका सबै आन्दोलनसँग सम्बन्धित कार्यक्रमहरुलाई व्यवस्थित गर्न एउटा विशेष कमिटी समेत बनाउने निर्णय भएको उनको भनाइ छ ।