१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

त्यो तोतालाई हरियो मिर्ची खुवाइदे

निम्बतरु

उस्ले भन्यो
त्यो तोतालाई हरियो मिर्ची खुवाइदे
बढी बोल्छ पतर-पतर
न म थिएँ निष्ठुर न कट्टर
न म फूल थिएँ न पत्थर
मुखमा लाउनु ताला बेहत्तर
बोल्नु भन्दा पतर-पतर

न म हो गटर
न गग्रेटोमा लतारिरहेको ट्याक्टर
न हो म लटरपटर
न म खच्चड
न हो खट्टर
उस्ले भन्यो त्यसको मुखमा बुझो लाइदे
त्यो तोतालाई हरियो मिर्ची खुवाइदे

न म सानो सटर
न म रुख कटहर न भुईँकटहर
त्यसै मान्छे फरफर
न म छु अजरअमर
त्यसै मान्छे खरखर
त्यसै मान्छे जरजर
अझ भन्छ
त्यो तोतालाई हरियो मिर्ची खुवाइदे रे
अझ भन्छ
आगै झोस्दे रे

सँजोगले
घाटको बाटो हिड्दैथें
जस्ले भन्थ्यो उस्कै मुखमा बाटी झोस्दैथियो अरु कसैले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै